राजतन्त्र फर्किने संकेत हो : नरेन्द्र पौडेल अध्यक्ष राप्रपा बाँके



प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिसकेकी छिन् । आइतबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेको थियो । एक्कासी प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेपालको राजनीति अरिस्थरता तर्फ धकेलिएको छ । जनताद्धारा निर्वाचित प्रतिनिधिहरुको संवैधानिक थलो प्रतिनिधि सभा भंग भएको छ । विघटनपछि सदस्यहरु पदमुक्त भएका छन् । तर कतिपयले संसद पुर्नस्थापित हुने समेत अपेक्षा गरेका छन् । सर्वोच्चको निर्णय नआइसकेकोले यसै भन्न सकिने अवस्था पनि छैन । यसैविषयमा हामीले बाँकेस्थित राजनीतिक दलका प्रमुखहरुसँग संसद विघटनका बारेमा तपाईहरुको धारणा के छ भनेर सोधेका छौं । प्रस्तुत छ उनीहरुको धारणा ।

नरेन्द्र पौडेल अध्यक्ष राप्रपा बाँके

यसलाई नेकपा आन्तरिक कलहको एक उदाहरणका रुपमा लिन सकिन्छ । सरकारको नेतृत्वमा रहेका केपी ओलीले पार्टीको विवाद सुल्झाउनको साटो यो कदम लिए । यो हालको परिस्थितिको उपज हो । अन्य राजनीतिक पार्टीको लागि सकारात्मक कुरा हो । चुनाव समेत तोकिएको छ । हाम्रो पार्टी चुनावमा जान्छ । हामी नयाँ जनादेशका साथ अघि बढ्छौं । अर्कातिर हाम्रो पार्टी अहिले पनि हिन्दु राज्यको लागि आन्दोलन मै छ । एक चरणको आन्दोलन सकिएकोछ । फेरी आगामी पुष १२ बाट हाम्रो पार्टी राजतन्त्रका पुनर्वहालीको माग गर्दै अघि बढिरहेको छ । हामी देशव्यापी आन्दोलनको तयारीमा समेत छौं । केन्द्रीय समितिको निर्णय अनुसार बाँके जिल्लामा समेत गतिविधिहरु हुन्छन् । यो राजा र राजतन्त्र फर्किने संकेत पनि हो । यो कदमलाई राप्रपाले सकारात्मक रुपमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ६ गते सोमबार