कोहलपुर ।
पहिलोपटक नेपाल पत्रकार महासंघ बाँके शाखाको अधिवेशन बाँकेको कोहलपुरमा हुने भएको छ । महासंघको नियमित बैठकले अधिवेशन पुस १८ गते बाँकेको कोहलपुरमा गर्ने निर्णय गरेको हो ।
बैठकले शाखाको सांगठनीक प्रतिवेदन तयारीका लागी शाखा सचिव तिलक गाउँले र आर्थिक प्रतिवेदन तयारीका लागी शाखा कोषाध्यक्ष केशब रानालाई जिम्मेवारी दिई शाखाको आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
बैठकले बाँके शाखामा विभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका पुरुस्कारहरु जिल्ला अधिवेशनमा वितरण गर्नुपर्ने भएकोले पुरुस्कार छनोट समिति समेत गठन गरिएको शाखा सचिव गाउँलेले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष झलक गैरेको संयोजकत्वमा पत्रकार सिराज खान, विनोद पौडेल, नविन गिरी र अक्षरी पोखरेल सदस्य रहने गरि पुरुस्कार छनोट समिति गठन गरेको हो ।
साथै बैठकले अधिवेशन भब्यताका साथ सम्पन्न गर्नका लागि स्थानिय निकायहरुसँग समन्वय गर्न शाखाका उपाध्यक्ष प्रदिप वाग्लेलाई जिम्मेवारी दिने निर्णय गरेको शाखाका कार्यसमिती सदस्य कृष्ण ओलीले जानकारी दिए ।
बाँके शाखामा आबद्ध भएर सदस्यता नविकरण नभएका सदस्यहरुका लागी अधिवेशन पूर्व पुस ५ गतेसम्मका लागि सदस्यता नविकरण खुल्ला गर्ने निर्णय बैठकले गरेको छ ।
पहिलोपटक बाँकेका सम्पूर्ण पत्रकारहरु कोहलपुरमा जम्मा हुन गइरहेको बाँकेका शाखाका उपाध्यक्ष प्रदिप वाग्लेले बताए । ‘पत्रकारहरुको जिल्ला अधिवेशन पहिलोपटक कोहलपुरमा हुन गइरहेको हो’ उनले भने, ‘जिल्लाका सबै पत्रकार साथिहरु कोहलपुरमा जम्मा हुुनुहुनेछ ।
यसले कोहलपुरलाई चिनाउन पनि केही भएपनि मद्दत पु¥याउनेछ ।’ कोहलपुर क्षेत्रमा पहिलोपटक हुन गइरहेको पत्रकार महासंघ बाँके शाखाको अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नको लागि सहयोग गर्न सबैलाई उनले आग्रह गरे । अधिवेशनको तयारी तिव्र पारिएको पत्रकार महासंघ बाँके शाखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्