बर्दियाको बाँसगढीका किशोरीहरुलाई आत्मरक्षात्मक तालिम दिइएको छ । बाँसगढी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा बुधबार किशोरीहरुलाई आत्मरक्षात्मक तालिम दिइएको हो ।
एक दिने तालिममा बाँसगढी नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का २० जना किशोरीहरुको सहभागिता रहेको महिला तथा बालबालिका शाखाकी सहायक महिला विकास निरीक्षक भगवती ढकालले जानकारी दिइन् ।
उनका अनुसार १२ देखि २० वर्ष उमेरसम्मका किशोरीहरुलाई इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरीहरुले आत्मरक्षात्मक तालिम दिएका हुन् ।
किशोरीहरुलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरर्गत नै तालिम दिइएको सहायक महिला विकास निरीक्षक ढकालले बताइन् ।
‘किशोरीमाथि माथी हुने गरेको महिला हिंसा, यौन हिंसा तथा बलात्कार जस्ता घटनाहरुलाई केही हदसम्म न्यूनिकरण गर्ने उद्देश्यका तालिम दिइएको हो’ उनले भनिन् ।
बाँसगढीका अन्य वडाका किशोरीहरुलाई यसअघि नै आत्मरक्षात्मक तालिम दिइसकिएको बाँसगढी नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।
यस्ता तालिमहरुले खासगरी किशोरीमाथि हुने यौन हिंसा तथा बलात्कार जस्ता घटनाहरुलाई केही हदसम्म न्यूनिकरण गर्न सहयोग पुग्ने नगर प्रमुख शालिकराम अधिकारीले बताए ।










प्रतिक्रिया दिनुहोस्