नेपालगञ्ज ।
सुजुकी कारको आधिकारिक बिक्रेता युनाइटेड ग्रुपले आफ्नो सेवा औपचारिक रुपमा सुरु गरेको छ । बाँकेको जानकी गाउँपालिकाको गनापुरमा ग्रुपले आफ्नो सेवा विस्तार गरेको हो ।
बिहीबार एक कार्यक्रमका बीच सिजी मोटोक्रपका सिइओ करन चौधरीले अवलोकन भ्रमण गरेका थिए । सोही अवसरमा सुजुकी कार खरिद गरेकाहरुलाई हस्तान्त्रण गर्दै सेवा विस्तार गरिएको हो । यसअघि युनाइटेड अटो मोटिभले अनौपचारिक रुपमा सेवा सञ्चालन गर्दै आएको थियो ।
मोटिभको बाँके, सुर्खेत, बर्दिया र जाजरकोट कार्यक्षेत्र रहेको म्यानेजर निर्मल ओलीले जानकारी दिए । उनका अनुसार सबै जिल्लामा सुजुकी कारको नै बिक्रि वितरण हुन्छ । बिहीबार मात्रै सुजुकी कार खरिद गरेका चार जनालाई सिइओ चौधरीले संयुक्त रुपमा चाबी हस्तान्त्रण गरेका थिए । चारै जनाले ४४ लाख मूल्यका सुजुकी कार खरिद गरेका हुन् ।
म्यानेजर ओलीले उक्त कार अध्याधुनिक सेवासहितको रहेको जानकारी दिए । ती कारमा स्क्रिन टच र ब्याग क्यामरा लगायतका सुविधा रहेको उनले बताए । युनाइटेड अटो मोटिभमा न्युनतम १२ लाखदेखि अधिकतम ७९ लाखसम्मका गाडि तथा कारहरु रहेका छन् ।
यस्तै ग्राहकहरुका लागि विभिन्न किसिमका सुविधा समेत प्रदान गरिएको छ । कुल मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गरेर भारी डिस्काउन्टमा कार खरिद गर्न सकिने उनले बताए ।
त्यसको इन्स्सोरेन्सका साथै किस्ता अवधि ५ देखि सात वर्षसम्म रहने उनको भनाइ छ । युनाइटेड अटो मोटिभ नेपालगञ्जका प्रबन्ध निर्देशक हिमांशु यादवले पनि समय र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नेपालगञ्जमा सुजुकी कारको आधिकारिक बिक्रेताका रुपमा सेवा सञ्चालन गरिएको बताए ।
उनका अनुसार पश्चिम क्षेत्रलाई नै समेट्ने गरेर सेवा विस्तार गरिएको हो । यसको शाखा सुर्खेतमा पनि छ । नेपालगञ्जमा रहेको कार्यालयबाट अन्य तीन जिल्लामा समेत सेवा प्रवाह गरिरहेको उनको भनाइ थियो ।
सिजी मोटोक्रपका सिइओ करन चौधरीले पनि युनाइटेड ग्रुपमा देशका विभिन्न क्षेत्रमा सेवा दिइरहेको बताए । उनका अनुसार नेपालगञ्जमा राम्रो संरचना र सेवा सहित शुभारम्भ भएको छ । युनाइटेड अटो मोटिभ नेपालगञ्जमा एक्चेन्ज, मर्मत, बिक्रि वितरण लगायतका सेवा उपलब्ध छन् ।









प्रतिक्रिया दिनुहोस्