20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

रुम टु रिड बाँकेका कर्मचारीले गरे पिपिई किट सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १४, २०७७  

कोहलपुर ।

जिल्ला प्रशासन कार्यालय बाँकेको अनुरोधमा गैर सरकारी महासंघको अगुवाई तथा समन्वयमा बाँकेस्थित विभिन्न गैर सरकारी संस्थाहरुबाट कोभिड रोकथाम सम्वन्धि आवश्यक सामग्रीहरु संकलन भईरहेको छ ।

यसै क्रममा रुम टु रिड बाँके फिल्ड कार्यालयका कर्मचारीहरुबाट संकलित रकमबाट २० सेट पि.पि.ई संस्थाका फिल्ड कार्यक्रम व्यवस्थापक खड्गबहादुर कुवंरले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङलाई हस्तान्तरण गरे ।

सो आवसरमा भेरी अस्पतालका सुपरिटेन्डेण्ट डा.प्रकाश थापा, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, उपाध्यक्ष्य चन्द्र प्रकाश तिमल्सिना, सचिव आशीष वर्मा, रुम टु रिडका कर्मचारी एवं अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रुम टु रिड फिल्ड कार्यालयका व्यवस्थापक खड्ग बहादुर कुवंरले आफ्नो संस्थाले शिक्षाको क्षेत्रमा काम गर्दे आएको भए तापनि मानवीय सेवाअन्तर्गत कर्मचारीहरुबाट रकम संकलन गरी २० सेट पि.पि.ई. हस्तान्तरण गर्न पाएकोमा खुशी लागेको बताए ।

कार्यक्रममा गैर सरकारी महासंघका सचिव आशीस वर्माले रुम टु रिडले शिक्षाको क्षेत्रमा धेरै काम गर्दै आएको र कोभिड विरुद्घको अभियानलाई सफल पार्न पि.पि.ई.सेट हस्तान्तरण गरेकोमा हार्दिक धन्यवाद दिए ।

यस्तै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भेरी अस्पतालमा पी पी ई को अभाव भई कठिन अवस्था सिर्जना भएको अवस्थामा रुम टु रिड लगायतका विभिन्न संस्थाहरुले सहयोग पुर्याएकोमा धन्यवाद दिए ।

प्रकाशित मितिः आइतवार, मंसिर १४, २०७७     5:04:58 PM  |