तोलामा ६०० घट्यो सुनको मूल्य



काठमाडौं

आइतबार सुनको मूल्य प्रतितोला ६०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९० हजार ७०० तोकिएको छ। शुक्रबार ९१ हजार ३०० मा कारोबार भएको थियो।

तिहारपछि सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। आज तेजाबी सुनको मूल्य पनि तोलामा ६०० रुपैयाँले घटेको छ। शुक्रबार ९० हजार ८०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९० हजार २०० तोकिएको छ।

चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार १५० मा कारोबार भइरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर १४ गते आइतबार