कोहलपुर ।
नेपालभर मंगलबार पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालभर कुल संक्रमितको संख्या २ लाख पुगेको छ ।
हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६० हजार ५७७ जना कोरोना जितेर घर फर्किएका छन् । मंगलबार मात्र थप ८५३ जना कोरोना जितेर घर फर्किएका थिए ।
पाँच सय गम्भीर
देशभर लक्षणसहितका कोभिड–१९ संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या दिनप्रतिदिन बढ्दै जान थालेको छ ।
मंगलबारसम्म ४ सय ४ जनाको आइसियु र ९६ संक्रमितको भेन्टिलेटरमा उपचारत भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित गम्भीर अवस्थामा उपचार भइरहेको संक्रमितको संख्या ५ सय पुगेको हो ।
आइसियु (सघन उपचार कक्ष) मा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्योभन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास अर्थात भेन्टिलेटरमा राखेर उपचार गरिन्छ । गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
जसअनुसार १ सय ८४ आइसियु, भेन्टिलेटरमा ५८ र होम आइसोलेसनमा १८ हजार ८ सय ३८ छन् । लुम्बिनी प्रदेशमा २ हजार १ सय ६० होम आइसोलेसनमा छन् । आइसियुमा ६२ र भेन्टिलेटरमा ६ जना छन् । प्रदेश १ को होम आइसोलेसनमा ४ हजार ८ सय ५०, आइसियुमा ४५ र भेन्टिलेटरमा १५ संक्रमित छन् ।
गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ७ सय ४८,आइसियुमा ७६ र भेन्टिलेटरमा १५ जना छन् । प्रदेश २ मा १२ संक्रमित आइसियुमा र भेन्टिलेटरमा २ जना उपचाररत छन् ।
होम आइसोलेसनमा ९ सय ५२ संक्रमित छन् । कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या ३ सय २१ पुगेको छ । आइसियुमा ८ जना उपचाररत छन् ।
त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या ८ सय ६५ र आइसियुमा १७ जना संक्रमित उपचाररत छन् ।









प्रतिक्रिया दिनुहोस्