काेहलपुर ।
सडक दुर्घटनामा गम्भीर घाईते भएका कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । सोमबार बुटवल-पाल्पा सडक-खण्डमा भएको दुर्घटनामा परी गम्भीर घाईते भएका अधिकारीलाई मंगलबार बिहान हेलिकप्टरमार्फत उपचारकालागि काठमाण्डौं लगिएको थियो । काठमाण्डौंस्थित हाम्स अस्पतालमा उपचार गराईरहेका अधिकारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको परिवार स्रोतले जनाएको छ ।
उद्योग वाणिज्य महासंघको चुनावी प्रचारका क्रममा पाल्पाको वगनाशकाली गाउँपालिका-३, बेलउतीडाँडामा अधिकारी सवार गाडी दुर्घटनामा परेको थियो । अधिकारी आफैले चलाएको बा १८ च ४३४१ नम्बरको कारमा सवार रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य समेत गम्भीर घाईते भएका थिए ।
घाईते दुबैको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गरीएपनि अधिकारीको अवस्था जटिल भएकाले थप उपचारकालागि काठमाण्डौं पठाउन लागिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अधिकारीको ढाडमा गम्भीर चोट लागेको छ । अर्का घाईते आचार्यको भने लुम्बिनी मेडिकल कलेजमै टाउकोको सफल शल्यक्रिया गरीएको छ ।
गुल्मीको तम्घासबाट फर्केर उनीहरु तानसेनबाट पोखरा जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनीहरु दुवै जना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रममा रहेको बुझिएको छ । कार सडकबाट १५० मिटर तल खसेको थियो ।









प्रतिक्रिया दिनुहोस्