25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कर्मचारीमा कोरोना देखिएपछि सल्यान सिडिओ कार्यालय सिल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७  

सल्यान ।

जिल्ला प्रशासन कार्यालय सल्यान ८ दिनका लागि सिल गरिएको छ।

केही कर्मचारीलाई कोरोना पुष्टि भएपछि कात्तिक १३ गतेदेखि २० गतेसम्मका लागि प्रशासन कार्यालय बन्द गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बुधबार एक विज्ञप्तिमार्फत् कार्यालयमा अत्याधिक भिडभाड हुने हुँदा त्यसले सेवाग्राहीमा समेत कोरोना संक्रमनको जोखिम बढाएको हुँदा कार्यालय बन्द गरिएको जानकारी दिएका छन्।

यो बीचमा नागरिकतालगायत अन्य सबै सेवा बन्द हुने भए पनि शान्ति सुरक्षा, मुद्दाको सुनुवाइ र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने जारी रहने लामिछानेले उल्लेख गरेका छन्।

प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७     10:59:26 AM  |