27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

साहित्यकार ढकालको नयाँ कृति सिमानाको दशजगामा विमोचन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ८, २०७७  

कोहलपुर ।

बाँके कोहलपुरका साहित्यकार महानन्द ढकालको नविनतम् कृति सिमाना मुतmक संग्रहको विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल भारत सीमा जमुनाहाको दशगजा क्षेत्रमा मुतmक संग्रह सिमानाको विमोचन गरिएको हो ।

साहित्यकारहरु केशव सिग्देल, सन्तोषी विष्ट, कपिल अन्जान, बद्रि ढकाल हिरामणी, विक्रम शिशिर, सुमित्रा न्यौपाने, केशव निमेश, उषातानी सुवेदी र कृतिकार महानन्द ढकालले दशगजा क्षेत्रमा उभिएर संयुक्त रुपमा सिमाना मुक्तक संग्रहको विमोचन गरेका थिए । झण्डै तीन दशकदेखि साहित्य साधनामा क्रियाशील ढकालको यो पाँचौ कृति हो ।

देश काल परिस्थितिलाई राम्रोसँग बुझेका उनका यस कृतिमा समेटिएका धेरै मुक्तकहरु देशप्रेमले भरिएका छन् ।

पटक पटक हुने सीमा माथिको अतिक्रमणले हरेक लेखकको मन छुने हुनाले ढकालले पनि सामाजिक विकृति, विसंगति एवम् सिमा रक्षाका लागि लेखिएका मुक्तकहरुलाई सिमाना मुक्तक संग्रहमा सङ्ग्रहित गरिएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका ढकालले ‘खण्डित आत्मा’ गजलसङ्ग्रह , ‘उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु’ संयुक्त गजलसङ्ग्रह र ‘अव्यतm प्रत्यासा’ गजलसङ्ग्रह र ‘घाम उदाए’ हाइकुसङ्ग्रह पछि पाँचौ कृतिको रुपमा सिमाना मुक्तक सङ्ग्रह लिएर आएका हुन् । यो मुक्तक सङ्ग्रह सिमाना हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशन गरेको हो ।

विभिन्न कृतिहरु प्रकाशन गरेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले यस पटक फरक तरिकाले कृतिको विमोचन गरेको छ ।

सीमासँग सम्बन्धित पुस्तक भएकोले कृतिको विमोचन सिमानामै गर्ने निर्णय गरिएको ढकालले जानकारी दिए । मुक्तक सङ्ग्रहमा सङ्कलित हरेक मुक्तकहरुको शब्द चित्र कलाकारहरु बिक्रम शिशिर र आयुष्मा ढकालले कोरेका छन् ।

कृति आवरण बरिष्ठ कलाकार देवेन्द्र थुम्केलीको रहेको छ । सिमानाका लेखक ढकाल यस मिसन टुडे दैनिकका साहित्य सम्पादक समेत हुन् ।

प्रकाशित मितिः शनिबार, कार्तिक ८, २०७७     8:30:21 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *