भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–६ का ४२ बर्षीय पुरुषको उपचारका क्रममा आइतवार विहान ३ बजेतिर मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनले असोज १५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा स्वाव दिएका थिए । १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो ।
डेंगुको संक्रमण समेत रहेका ती पुरुषको ११ दिन कोहलपुरमै उपचार गरिएको थियो । भेन्टिलेटर सहितको थप उपचारका लागि उनलाई २७ गते भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो ।
उनलाई पलाज्मा थेरापीबाट समेत उपचार गरिएको थियो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
प्रकाशित मिति : २०७७ कात्तिक २ गते आइतबार









प्रतिक्रिया दिनुहोस्