कोरोना भाइरस (कोभिड–१९) को कहर अझै सकिएको छैन । कोरोना महामारीले सबै क्षेत्रलाई प्रभावित बनायो । कोरोना कहरका कारण उद्योग व्यवसाय क्षेत्र समेत धरासायी बने । नेपालमा समेत चार महिना लामो लकडाउन खुलेसँगै बजारमा फेरी विस्तारै चहलपहल हुन थालिसकेको छ । कोरोनाले पारेको प्रभाव, सीमा नाका बन्द हुँदा सीमावर्ती नेपाली बजारमा परेको सकारात्मक प्रभाव लगायतका विषयमा केन्द्रित रहेर मिसन टुडेका समाचार प्रमुख कृष्ण ओलीले नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ सँग गरेको कुराकानीको सम्पादीत अशं ।
१. खासगरी अहिले कोरोना महामारीले गर्दा नीजि क्षेत्रलाई कस्तो प्रभाव पारिरहेको छ ?
नीजि क्षेत्रलाई कोरोनाले सबैभन्दा बढी प्रभाव पारेकै हो । अहिले पनि पारिरहेको छ । विस्तारै उद्योग व्यवसाय खुल्न थालेपनि राम्रोसँग चल्न सकेका छैनन् ।
कोरोनाको जोखिम नघटेकाले पसल व्यवसाय खुलेपनि अझै पनि बाहिरका मानिसहरु आउन नसकेको साँचो हो । यहाँमा उद्योगमा काम गर्ने भारतीय प्राविधिकहरु आउन नसक्दा समस्या भएको छ ।
पहिलेको अवस्थामा व्यापार पनि हुन सकेको छैन । सम्रगमा भन्नुपर्दा नेपालगञ्ञ, कोहलपुरसहित बाँकेका नीजि क्षेत्रमा कोरोनाको प्रभाव प¥यो । अmझै पनि नीजि क्षेत्र पुरानै अवस्थामा फर्किन सकेको छैन । तत्कालै पहिलेकै अवस्थामा फर्किने स्थिती समेत देखिदैन ।
२. कोरोनाका कारण प्रभावित बनेका उद्योगी व्यवसायीलाई राहत दिलाउनको लागि संघले कस्तो भूमिका खेल्यो नी ?
लकडाउन भरीको कर, ब्याज लिनुहुँदैन भनेर हामीले आन्दोलन नै गरेको हो । राष्ट्रको बैंकले ल्याएको नीतिमा केही भएपनि हामीले राखेका मागहरु पूरा भए । अधिकांश मागहरु भने सरकारले सुन्नै चाहेन ।
राष्ट्र बैंकले ल्याएको नीति अनुसार अहिले ब्याजदरमा केही कमी आइरहेको छ । केही भएपनि हामीलाई राहत त मिलेको छ, जती चाहियो त्यती राहत मिल्न सकेको छैन । मौद्रीक नीतिमार्फत केही हदसम्म हाम्रा माग पूरा भएका थिए ।
लकडाउन बेला व्यवसायीले तिरेको कर व्यवसायीलाई फिर्ता गर्नुपर्छ भन्ने माग राखेका थियौं त्यो पूरा हुन सकेन । त्यसो हुन सकेको भए त्यतीबेला गम्भिर समस्यामा पुगेका व्यवसायीहरुलाई केही राहत हुने थियो ।
३. अहिले यहाँका उद्योग व्यवसाय क्षेत्रहरु स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा आएका छन् की छैनन् ?
कोहलपुर लगायतका बजार बन्द रहेको अवस्थामा हामीले सिडिओ साबसँग छलफल गरेर नेपालगञ्ज बजार खुलाएकै हो । हामीले स्थानीय प्रशासनसँग एक किसिमको सहमती गरेर नेपालगञ्जमा पसल खुलाएका थियौं ।
डल्लुएओको मापदण्ड पूरा गरेर पसल सञ्चालन गर्न दिनुपर्छ भनेपछि सिडिओ साब पनि तयार हुनुभयो । हामीले पनि सबै व्यवसायीहरुलाई स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गरेर पसल सञ्चालन गर्न आग्रह ग¥यौं । व्यवसायी साथिहरुले राम्रो आग्रह पनि मानिदिनुभयो । स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको प्रशासन र उद्योग बाणिज्य संघ मिलेर अनुगमन समेत गरेका थियौं ।
अनुगमनको क्रममा मापदण्ड पूरा नगरेका पसलमा ताला पनि लगाएर अर्को दिन खोल्ने काम भयो । हामीले व्यवसायीहरुमा सिस्टम बसाउन समेत सफल भयौं । अहिले पनि पसलहरु स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन भइरहेका छन् । सबै व्यवसायीहरुलाई स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र पसल व्यवसाय सञ्चालन गर्न आग्रह समेत गर्दछ ।
४. पछिल्लो समय महामारी नियन्त्रणमा नआएपनि सबै क्षेत्रहरु विस्तारै खुल्दैछन् ? अहिले बैंकहरुले व्यवसायीहरुलाई ब्याज बुझाउन ताकेता गरेको अवस्था छ की छैन ?
लामो समयको लकडाउन फेरी जिल्लामा लगाइएको निषेधाज्ञापछि विस्तारै बजारहरु खुल्न थालेका छन् । उद्योग व्यवसाय खुल्न थालेसँगै बैंकबाट फोन आउन थालिसकेको अवस्था छ । व्यापार खुलिसकेपछि बैंकले पनि तनाव दिइरहेका छन् ।
बैंकमा किस्ता, ब्याज बुझाउनुप¥यो त्यता पनि प्रेसर भइरहेको छ । अहिलेसम्म व्यापारीले असार महिनाको ब्याज बुझाउन सकेका छैनन् । अब फेरी असोज मसान्त आउन लागेसँगै बैंकले असोज मसान्तमा ताकेता गर्न सुरु गर्छ ।
अहिले व्यवसायीहरु सबैतिरबाट पिडित बनिरहेको अवस्था छ । त्यसकारण लकडाउन खुलेपछि मात्रै समस्या समाधान हुने होइन । खुलिसकेपछि पनि यो व्यापार आफ्नो स्थितीमा आउनको लागि एक वर्ष लाग्छ ।
५. कोरोना कहरका कारण सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ता यतै रोकिएका छन् ? यसले गर्दा नेपाली बजारमा व्यापार व्यवसाय कत्तिको बढेको छ ?
मेची देखि महाकालीसम्मका उद्योग बाणिज्य संघहरुले बर्षौदेखि उठाउँदै आएको यो मुद्दा हो । हामीले सीमा बजार, खुल्ला सीमाना व्यवस्थित गर्नुपर्छ भन्दा विगतमा सरकारले हामीलाई नै नराम्रो नजरले हे¥यो ।
हामी आफुलाई राष्ट्रभक्ति नै ठान्छौं । हामीले उठाएको कुरा अहिले आएर सरकारलाई समेत थाहा भयो । ९ महिनामा आउने राजश्व ३ महिनामा आइरहेको छ ।
आन्तरीक राजश्व कार्यालयमा ४ महिना पसलहरु बन्द हुँदाखेरी पनि पोहोर जतीकै कर उठेकै छ । यो नाकाबाट मात्रै दैनिक ५ करोड बिना भन्सार आउँदा हामी व्यवसायीलाई घाटा त हुन्थ्यो हुन्थ्यो सरकारलाई समेत घाटा भयो ।
जब यहाँका व्यवसायीले व्यापार गर्न पाउँदैन, तब कसरी सरकारलाई राजश्व तिर्न सक्छन् । खुल्ला सीमाना बन्द भएका कारणले पनि राजश्व बढेको छ । सम्रगमा भन्नुपर्दा खुल्ला सीमा बन्द हुँदा सीमावर्ती नेपाली बजारहरुमा व्यापार व्यवसाय बढेको छ ।
६. सीमावर्ती बजारमा नेपाली उपभोक्ता जान बन्द भएपछि त्यसोभए यहाँका व्यवसायहरु फस्टाउन थालेका छन् ?
यहाँको लघु उद्यम, घरेलु उद्योग, ठूला उद्योग सबैको व्यापार बढेको छ । उनीहरुको व्यापार बढ्नुको कारण के–हो भने, यहाँका नेपाली उपभोक्ताले यहाँकै नेपाली बजारमा समानहरु किनिरहेका छन् । नेपाली बजारमा समानहरु पनि महंगो छैन ।
यो सीमा नाका बन्द गर्ने निर्णयलाई सरकारले यथावत् राख्नुपर्छ । त्यसो हुन सकेको नेपाली क्षेत्रका व्यवसायी सेवाग्राही सबैलाई फाइदा नै हुन्छ । भोलीका दिनमा भन्सार पूर्ण रुपमा खुलेपनि सिस्टम अनुसार काम भएन भने हामी फेरी आन्दोलन गर्न बाध्य हुन्छौं ।
७. त्यसो भए कोरोना कहरपछि सीमा नाका पुरानै अवस्थामा खुले तपाईहरु आन्दोलनमा उत्रिनुहुन्छ ?
हामीले भनेको केछ भने इन्ट्री गरेर मात्र आउने जाने होस् । त्यसो हुन सके कती नेपाली भारत जान्छन्, कती भारतीय नेपालमा आउँछन् भन्ने थाहा हुन्छ ।
उनीहरुले नागरीकता देखाउँछन् । हाम्रो भनाई के हो भनेपछि कोरोना कहरपछि नाका आवतजावत गर्ने काम सिस्टममा मात्र होस् । अब पहिलेजस्तै गरेको नाका पुरै खोल्नुहुँदैन ।
८. अन्त्यमा आम व्यवसायीहरुलाई के भन्न चाहानुहुन्छ ?
आम व्यापारीलाई के भन्न चाहान्छु भने अहिले दशैं तिहार जस्तो ठूलो चाडपर्व आइरहेको छ । तपाईहरुले एमआरपी रेटमा सामान बेच्नु । बढी रेटमा सामानहरु नबेच्नु । अनुगमन पनि भैइरहेको छ । एकदमै राम्रो सामान बेचिदिनुहोस् । रेट बढाएर नबेचिदिनुहोस् ।
जे रेट छ त्यही रेटमा बेच्नुहोस् । तपाईहरु कालोबजारी गरिरहनुभएको छ भने तपाईहरुको साथमा उद्योग बाणिज्य संघ छैन । तपाईले उचित रेटमा सामान बेचिरहदा पनि प्रशासन कुनै ठाउँबाट सताइन्छ भने उद्योग बाणिज्य संघ तपाईहरुको साथमा छ ।









प्रतिक्रिया दिनुहोस्