20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेमा हालसम्म १ हजार ९ सय ८० जना कोरोनामुक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ३०, २०७७  

बाँकेमा हालसम्म १ हजार ९ सय ८० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा रहेका २ हजार ५ सय ९८ जना कुल संक्रमितमध्ये हालसम्म १ हजार ९ सय ८० जना डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । शुक्रबार मात्रै १७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

संक्रमण देखिएपछि विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका ९ महिला र ८ पुरुष डिस्चार्ज भएको फोकल पर्सन श्रेष्ठले बताए । असोज १६ गते कोरोना संक्रमण देखिएपछि उनिहरुलाई जिल्लाभित्रकै विभिन्न आईसोलेशन सेन्टरमा राखिएको थियो । आज डिस्चार्ज हुनेमा १८ वर्षदेखी ५२ वर्ष उमेर समुहका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज ३०, २०७७     10:47:59 AM  |