डिल्ली शाही, काेहलपुर ।
बाँके बैजनाथ गाउँपालिका वडा ६ एच गाउँका किसान अम्मर बहादुर कटुवाल क्षेत्री । उनले विगत २०२३ सालदेखि खेती किसान गर्न लागेका हुन् । नेपालमा गत चैत ११ गतेबाट लकडाउन पनि थियो । लकडाउनले किसानहरुलाई निकै समस्या भएको थियो, तर फेरी अर्को समस्या किसानलाई आयो । उनले निकै दुःखका साथ धानबालि लगाएको थिए ।
स्थानीय सरकारले धानको बिउ केही शौलियतमा दिन्छ भनेपछि उनी खुसीका थिए तर उनको खुसी आउनुभन्दा पहिले नै पुनः दुःखले भरीदियो ।‘हामी ठगिएका रहेछौं भन्ने मैले धानको बाला फालेपछि थाहा भयो’ उनले भने । मैले पहिले यही खेतबाट ७५ क्वीन्टल धान उत्पादन गथ्र्थे तर अहिले उत्पादनमा कमी आएको छ । खेतमा कोही धान पाकेर झर्ने बेला भयो भने कोही धान अझै बाला नै फालने सुरसार नै छैन । यस्तो धानलाई मैले कसरी स्याहार्ने ? उनले प्रश्न गरे । उनको ढेड बिगाह जग्गा छ ।
सबै खेतमा ७/८ प्रकृतिका धानहरु छन् । खेत लगाउने बेलामा नै २५ हजारभन्दा पनि बढि लगानी लाग्यो । अहिले तराईका क्षेत्रहरुमा पाकेको धान काट्न सुरु हुन्र थाल्यो । अरुले पाकेको धान काटेको देख्दा सारै मन दुःख छ उनले भने । मैले सम्झना चोकमा रहेको वडा कार्यालय माथि रहेको कृषि शाखाबाट ३५ किलोको राधा चार धानको विउ ल्याएको हुँ । सो धानको विउ १६ सय बराबरको ल्याएको थिए । अहिले यतिका वर्ष भयो तर अहिलेसम्म धानमा यस्तो समस्या आएको थिएन ।
उनले थपे स्थानीय सरकार आएपछि पहिलो पटक ल्याएको थिए । मैले पहिले कहिले एग्रोभेटबाट त कहिले आफंैले लगाएको धानको विउ नै राख्ने गरेको थिए । मैले यो खेतमा अहिलेसम्म राधाचार, जानकी, मन्सुली र अन्य धानका विउहरु पनि लगाउने गरेको थिए । उनले भने । यस्तै पिडा सुनाउँछन् बैजनाथ गाउँपालिका ६ एच गाउँका अर्को किसान अम्मर बहादुर रावत । उनले पनि गाउँपालिकाले दिएको अनुदानको विउ नैे लाएको हुँ । उनको पनि साढे २ विगाह जग्गामा सोही धान लगाएको छु । पहिले घरमा उत्पादन गरेको पुरानो विउहरु राख्ने गरेका थियौं तर त्यसमा समस्या आएको थिएन । अहिले आफ्नै घर नजिकै सरकार आयो तर हाम्रो विश्वासको पात्र बनेन । पहिले हामीले विश्वास गरेर जितायौं तर अहिले हामी दुःखमा परेका छौं उनले भने ।
यस्तै अर्को किसान बैजनाथ गाउँपालिका वडा नं. ६ लालपुरकी सिता हमाल । आफुले अरुको खेत अध्याय लगाएकी थिए । अध्याय लगाएको खेतबाट नै कम उत्पादन हुने भयो । मलाई चिन्ता लागेको छ उनले भनीन् । अब खेतको मालिकलाई धान दिनुप¥र्यो आफुले खानुप¥र्यो । उनको ४ जनाको परिवार छ । अध्यायमा १ विगाह लगाएकी छन् । त्यसबाट विगतमा ८ क्वीन्टल उत्पादन गर्ने गरेकी थिए तर अहिले १ क्वीन्टल पनि हुँदैन जस्तो लागेको छ उनले भनीन् । अब आफ्नो परिवारलाई पाल्न नै समस्या भयो । उनको श्रीमान ड्राइभर हुन् तर लकडाउनले गर्दा घरमा नै बस्नुपरेको छ ।
यतिबेला महामारी सताएको थियो तर त्यसमा पनि स्थानीय सरकारले पनि हामीलाई ठग्यो उनले गुनासो गरिन् । त्यसमा पनि मेरो सानो बच्चा छ अब धानबाट पनि आउने भएन कसरी आफ्नो परिवार पाल्ने उनले आफ्नो दुःख पोखिन् । हामीले स्थानीय सरकारले केही रकम छुट गरेर अनुदानमा धानको विउ ल्यायौं उनले भनीन् कृर्षी शाखामा म आफै धानको विउ ल्याउन गएकी थिएँ । उता बैजनाथ गाउँपालिका ६ वडा अध्यक्ष भद्र बहादुर बस्नेतले धानको विउ किन्ने भनेर निर्णय भए अनुसार २० लाख रुपैया रकम छुट्याएको बताए । सोही विउ खरिद गर्नका लागि पालिकामा निर्णय गरी काम अगाडि बढायौं । पहिलो चरणमा आएको विउ त्यस्तो विजाती देखिएन उनले भने दोस्रो पटक आउँदा धेरै किसानहरुको विचमा बेजाती देखियो ।
कृषि शाखा र म आफै पनि खेतमा गई अनुगमन र अवलोकन गरेको उनको भनाई थियो । अन्य वडामा पनि होला तर यो वडामा धेरै बेजाती विउहरु भएको रहेछ उनले भने विउमा अलिकति कमजोरी भएको पनि देखिन्छ । किसानहरुलाई सम्पूर्ण क्षेति दिन नसकेपनि विउ क्षतिपूर्ति दिने उनले आश्वासन दिएका थिए । यो अहिले गल्ती भयो होला तर अबका दिनमा नदोरिहनका लागि पहल गर्नेछौं उनले भने ।
यस्तै बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचालले आज प्राविधिकहरु किसानहरुको खेतमा पठाउने बताए । अहिले वडा नं. ६ मा रहेका धानको खेतीमा समस्या भयो भन्ने गुनासो आएको छ उनले भने त्यसैले त्यो क्षेत्रमा के कति मात्रामा नोक्सान तथा क्षति भएको छ भन्ने बारेमा प्राविधिकहरुको प्रतिवेदन आएपछि के कति मात्रामा किसानहरुलाई राहत दिनुपर्दछ स्वय्म जिम्मेवार हामीलाई धानको विउ दिएको संस्थाले नै तिर्ने छ उनले भने ।










प्रतिक्रिया दिनुहोस्