सम्पादकीय : जसपा बन्ला शीर्ष शक्ति !



नेकपाका कार्यकर्ता आफ्नो पार्टीलाई एसियाकै ठूलो र कामदार वर्गको पक्षमा वकालत गर्ने पार्टी सम्झिन्छन् । काँग्रेसका कार्यकर्ता अहिलेसम्म नेपालमा जति परिवर्तन भए त्यो सबै काँग्रेसले गरेको हो भनेर दाबी गर्छन् । उनीहरुकै शब्दमा काँगे्रस नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्ति हो । राप्रपा गणतन्त्रमा पनि राजा आउने भन्दै लागिइरहेको छ । विभिन्न धारका तीन राप्रपा मिलेपछि देशको तेस्रो शक्ति भएको भनेर आफै घोषणा गरिरहेका छन् । यस्तैमा विभिन्न मधेश केन्द्रीत राजनीति गरिरहेका विभिन्न पार्टीहरु मिलेर बनेको जनता समाजवादी पार्टी आफूलाई भविश्यको बैकल्पिक शक्तिको रुपमा स्थापित गराउने बताउँदैछ ।

सधंै व्यक्तिगत स्वार्थ केन्द्रीत मधेश मुद्धामा उठाएर सधै लाभको पछाडि मात्रै लाग्ने मधेशबादी केही दलहरु मिलेर बनेको जसपामा अबको चुनावमा राष्ट्रिय शक्तिको रुपमा स्थापित हुने बताउँछ । मधेशका जनताका आवश्यकता, चाहना र अवस्थाको कुरै छोडौं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत स्वीकार गर्न नसकेको पार्टीलाई जनताका अगाडि भाषण गरे जस्तो सजिलो छैन । अहिले देशभरका सात प्रदेश मध्ये सबैभन्दा पछि रहेका, गरिबी, अभाव र पछौटेपन, अशिक्षाले ग्रसित अरु कोही छ भने प्रदेश नम्बर २ हो । मधेशीहरुको बाहुल्य भएको प्रदेश २ सबैभन्दा कम विकसित प्रदेश समेत हो । विकासका दृष्टिले निकैपछि रहेको छ । त्यहाँको अधिकांश जनसंख्यामा चरम गरिबीको रेखामुनी छन् ।

समग्र मधेश र तराई क्षेत्रका नागरिकहरुको अवस्था हेर्दा समग्र देशको विकासको अवस्था बुझन आइतबार कुर्न पर्दैन । तर मधेशबादी राजनीति गर्नेहरुको भने हिजोको भन्दा आजको अवस्थामा निकै फरक छ । यसरी हेर्दा जनताको धेरै विकास भएको छ भन्ने लाग्छ । यस बीचमा टुक्रामा विभक्त दलहरु एकजुट भएका छन् । यो पक्कै सकारात्मक कुरा हो । तर अहिलेसम्म मधेशबादी दलहरुको फुटको इतिहास लामो छ । संविधान सभा भन्दा अघि केही संख्यामा रहेका मधेशबादी दल अहिले दर्जनौको संख्यामा छन् । अवस्था जनताको फेरिनु पर्ने हो, तर जनताको अवस्थामा धेरै फरक आएको छ । सयौंको भीडमा जसपा आएको छ । राजनीति साधारण जनताले सोचेको जस्तो छैन । यसको महाशक्ति र बैकल्पिक शक्ति सम्भावना भविश्यले नै बताउँला ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार