3 December 2020  |   बिहिबार, मंसिर १८, २०७७

चीनले बनाएको कोरोना खोपलाई डब्लुएचओले दियो मान्यता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ११, २०७७  

एजेन्सी/  चीनले बनाएको कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप आममानिसमा ल्याउन विश्व स्वास्थ्य संगठन डब्लुएचओले अनुमति दिएको छ ।

चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकमा लगाउन अनुमति दिएको चिनियाँ अधिकारीलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

यससँगै चीन डब्ल्युएचओबाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने पहिलो देश बनेको छ । चीनले तेस्रो चरणमा लगातार पाँचवटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङग्वेइले डब्ल्युएचओले कोरोनाको खोपबारे हालै जानकारी गराएको बताएको सिएनएनले जनाएको छ ।

सरकारबाट सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो । जसले यसअघि पनि विभिन्न स्थानमा यसको आपतकालिन रुपमा प्रयोग गर्ने अनुमति पाइसकेको थियो ।

यसअघि रुसले पनि अन्तिम चरणमा पुगेको खोप डब्लुएचओमा दर्ता गरिसकेको छ । त्यसलाई पश्चिमा देशका विज्ञहरुले थुप्रै भने आशंका गर्नुपर्ने र विश्वास गर्न नसकिने दावी गरेका छन् ।

प्रकाशित मितिः आइतवार, अशोज ११, २०७७     1:34:14 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *