3 December 2020  |   बिहिबार, मंसिर १८, २०७७

किन सनातन धर्मको आवश्यकता छ आज ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७  


एकराज शर्मा

वास्तवमा हिन्दु दर्शनमा भागवत गीता आफैमा मूलतस्स्वयं व्यापक छ । जसलाई विश्वका अधिकांश देशका मानिसहरुले पढ्दै आएको पाइन्छ । यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य महाभारतको एउटा घटनाका रुपमा पनि बताइएको छ । हिन्दु धर्मग्रन्थले भनेको छ हिन्दु भन्नाले भगवान र उहाँकै अंश राजा–इन्द्र, पवन ,यम, सुर्य, अग्नि, बरुण, चन्द्र र कुवेर यी आठ अंशलाई मानिन्छ ।

जहाँ वेद, गुरु, गायत्री, गीता, गाई आदिले पूनरजन्ममा विश्वास राख्नुलाई हिन्दु भन्ने गरिन्छ । वास्तवमा हिन्दुभई जन्म लिनु केवल संयोग मात्र नभई पूर्व जन्मको संस्कार र भगवानको विशेष अनुकम्पा हो । जन्मलिनु र मृत्यु हुनु पनि भगवानको इच्छा हो । सृष्टि सम्हार र सम्हार गर्ने यस क्रमलाई निरन्तरता प्रदान गर्नै अदृश्य एवम् अदृष्त शक्तिको नाम नै भगवान हो ।

महाभारतले वर्तमान कलियुगको प्रारम्भमा अथवा झन्डै झन्डै ५००० वर्ष अगाडि भगवान कृष्णले आफ्ना मित्र तथा आफ्ना भक्त अर्जुनलाई वताएको कथा कहानी नै भागवत गीता हो । जसको महिमा निकै आवश्यक र गर्भिलो बनेको इतिहास पाइन्छ । उहाँहरुको यो वार्तालापमा नव जगतमा मानव इतिहासको एउटा महानतम् दर्शनका रुपमा देखापरेको छ । अर्कातिर यो धार्मिक वार्तालापका रुपमा पनि देखापरेको छ । यो वार्तालापमा धृर्तराष्टृका एकसय भाइ छोरा र उनका भतिजाहरु र पान्डुका छोराहरु बिच भएको कुटुम्बघाति लडाई सुरु हुनु भन्दा ठीक अगाडि भएको उल्लेख छ ।

हामीमा मोक्ष प्राप्तिबाट नै शान्ति तथा आनन्द प्राप्त हुने कुरामा कुनै सन्देह छैन भन्ने आधारहरु हिन्दु धर्मशास्त्रको श्रीकृष्ण जन्माष्टमीको महिमा माउल्लेख छ । यसका लागि मानिसले आत्मा ज्ञान प्राप्त गर्ने काम गर्नु पर्दछ । मोक्ष प्राप्तिका लागि धर्म शास्त्रले निर्धारण गरेका हरेक कर्तव्यको परिपालन गर्नु आवश्यक छ । यहां धर्म शब्दको अर्थ नै असल काम तथा कर्तव्य एवम् असल कुराको धारण गर्नुृ हो । सत्कर्ममा लाग्ने, राम्रो कार्य गर्ने, अरुको भलो चिताउने, रिस, डाह तथा इष्र्याको परित्याग गर्ने कार्य नै सत्कर्म हो । त्यस कारण पनि सनातन वैदिक हिन्दु धर्मको स्थान निकै सर्वाेपरि तथा व्यापक भएको प्रमाण हिन्दु दर्शनमा चर्चा छ । जसले संस्कृतिको संरक्षण, स्व कर्तव्यको पालनतथा सदाचारको अनुसरण गरेर समस्तमा नव जगतको रक्षा तथा पशु प्राणीको संरक्षण गर्ने हो ।

धर्मशास्त्रको उदेश्य मूख्य रुपमा मानव आचरणलाई नियमित र नियन्त्रित गर्न मानिहित रहेको पाइन्छ । धर्म, अर्थ, काम र मोक्ष मध्ये मानव जीवनको परमपुरुषार्थ मोक्ष हो । यसकारण मानिसले मोक्ष प्राप्तिमा आफ्नो जीवन समर्पित गर्ने कार्यमा लाग्नु आजको कलियुगको आवश्यकता हो । यो आधार जीवित अवस्थामा पनि प्राप्त गर्न सकिने छ भन्ने सवालहरु धर्मशास्त्रमा चर्चा गरिएको छ । त्यो समयमा शान्ति तथा आनन्दको निकै अभाव देखिएको थियो रे । मानव समाजमा दिनप्रतिदिन विक्षिप्तता तथा अशान्तिको वातावरण बढ्दै गएका आधारहरु हामीले दिनप्रतिदिन सञ्चार माध्यममा अध्ययन गरिरहेका वा सुनेकाछौं ।

“यज्ञदानतपस्कर्म न त्याज्यं कार्यमेव तत्”

श्रीमदभागवत गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ कि यज्ञ,दान तथा तपस्यायी ३ कर्म कुनै समयमा पनि मानिसले छोड्ने कामगर्नु हुदैन । मानिसले आफनो कर्तव्य सम्झिएर शास्त्रको आज्ञालाई परिपाल नगर्नु आवश्यक छ । शास्त्रमा तप अन्र्तगतव्रतको महिमा वताइएको छ । सामान्यतया व्रतहरु मध्य श्रीकृष्णाष्टमी व्रतलाई निकै महत्व दिइएको छ । यो व्रतबस्नाले आयु लामो हुने, सुख प्राप्तगर्ने, शान्तितथा समृद्दिबाट ओतप्रोत समेत हुने चर्चा गरिएको छ । यस व्रतको विधानयसप्रकार वताईएको यो आधार शास्त्रमाउल्लेख छ ।

आफनो श्रद्दा तथाभक्तिले जसरी व्रत गरे पनि हुन्छ । अशक्त, बृद्द, बालकतथा रोगीलाईशास्त्रले छुट समेत दिएको छ । द्दापर युगमा भृगु मुनिले ऋषिसंग पृथ्वीलाई लक्ष गरेर भन्नु भएको छ“कर्मभूमिरियम्”अर्थात यो सृष्टिमा कर्म नै प्रधान क्षेत्रहो । यो अखिल ब्राह्माण्ड संसार नै कर्मको आधारमा खडा छ । अरु त के स्वयमभगवानपनि त कर्मशिल रहनु भएको छ । यस प्रकार राम्रो संग विचार गर्ने हो भने स्पष्ट थाह छ कि सबै जीवकर्म क्षेत्रको किरा हो । सबैले सुत्ने देखि लिएर स्नानगर्ने, भोजन गर्ने, पाठ तथा पुजा गर्ने, कर्मकाण्ड गर्ने र नित्यकर्म, नैमित्तिककर्म, काम्यकर्म गर्नका लागिक्रिया रहेका छन् । ती सबै कर्मका अंग हुन् ।

यो त जीवनको एकमात्र उद्देश्य हो । कर्म गरेर मात्र मन शुद्द हुन्छ । जसको विश्व व्यापी साक्षात् सच्चिदानन्द प्रभुको प्राप्ति मात्रको हो । उनको अवलम्वन तथा उनको स्मरणबाट मात्र मूक्ति प्राप्त मार्गमा लाग्न सकिन्छ । हामी वैदिक सनातन संस्कृतिका अनुयायी भएकोले पनि हामीबाट वैदिक संस्कृतिको संरक्षण तथा संवद्धन र तत्तप्रतिपादित कर्मको अनुरण एवम् सदाचारको परिपालन गर्नु हाम्रो दायित्व हो । हरेक आधारको पछि लाग्नु पहिले नै त्यसको बारेमा सही सलामत जांच तथा बुझ गर्नु आजको आवश्यकता हो । तर आममानिसमा बुद्धि भ्रष्ट भएर केही पनि परिणाम प्राप्त भएको छैन । जसको पनि विधि, विधान हुन्छ र रहन्छ । हामीले आफनो सप्रादाय मान्नेको जत्था बनाएर आफु सर्वमान्य हुने आधारले जरा गाडेको छ । जसबाट सम्प्रदायिक भावना तथा अरुले मानेको धर्म लाई होच्याउने कर्म चलेको छ । आज संसारमा यति धेरे विकास भएको छ तर पनि शान्ति, सौहाद्रता, दया, मैत्री र सदभावहरु समाजबाट बिलाएर जाने अवस्थामा रहेको छ । यसो हुनुमा सनातन धर्म नमान्ने विश्रको संस्कार तथा संस्कृतिको बृद्धि भएको छ । आमी नेपालीमा पनि यो संस्कृतिको विकास भएको छ ।

वैदिक सनातन संस्कृतिको अनुसरण तथात्यसले वताए अनुसार कर्मको परिपाल नगर्ने काममा लाग्ने काम हाम्रो हो । संसारमा रहेका वैदिक सनातन धर्मलम्वी आर्यहरु आपनो धर्म, सदाचार तथा संस्कारका बारेमा अनविज्ञ भएकाले वैदिक सनातन धर्मशास्त्र भएको हो । जसको संरक्षण तथा संवद्र्धन गर्न ॐ कारलाई मूलमन्त्र मान्नेहरुको चेतना जगाउने काममा लाग्ने काम हाम्रो हो । यसका लागि हामीले हाम्रा बाबा आमा, काका काकी, दाजु भाइ, दिदि बहिनी, गुरु पुरोहित, गाई लगायतको सम्मान गरेर सबैबाट आर्शिवाद लिने काम गर्नु नै यसको परिपालन तथा हाम्रो कर्तव्य हुन जान्छ । आजका मानिसमा यो धारणाको कमि भएको कारण नै दिन दहाडै हत्या आतंक, बलत्कार चोरी, डकैति तथा अभाव र आलस्यता बढेको हो । हामीले हाम्रो कर्तव्य के हो ? हामीको हो ? हामीले के गर्न हुन्छ तथा के गर्न हुदैन भन्ने सवाल हामीमा हुनु पर्दछ ।

आज विज्ञानलाई चुनौती दिइरहेको यो कोभिड १९ पनि यसैको फलस्वरुप आएको हो । हामीले हाम्रो अस्तित्वलाई सहज रुपमा बुझ्न नसकेको कारण आजको संसार निकै जटिल मोडमा फसेको छ । विज्ञानको खोजी गर्यो तर ज्ञानको खोजीगर्न सकेन । किन आज हामीमा अहमता, घमण्ड, अहंकारी पन, धनतथा सम्पत्तिमा लिप्सा सिद्ध भएको छ । यसको अरुबाट होइन किधर्म तथा संस्कारबाट मात्र प्राप्त गर्न सकिन्छ । हामी विज्ञानको खोजी संगसंगै ज्ञानको खोजी गराउने माध्यम पनि त सनातन धर्म हो । अग्रजको आदर तथा सानालाई मायाको भावना लिएर अगाडि बढाउनु पर्दछ । हामीमा आफन्त तथा ईष्टमित्रमा आदरभाव गर्न थाल्नु पर्दछ । आजको मानवको अस्तित्व राख्नको लागि पनि सनातन धर्मप्रति हाम्रो ध्यान जाओस् शुभकामना ।

 

 

 

 

 

 

प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७     2:25:43 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *