कुलमानको पक्षमा कोहलपुरमा युवाहरुको प्रदर्शन



कोहलपुर ।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा बाँकेको कोहलपुरमा युवाहरुले प्रदर्शन गरेका छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै युवाहरुले कोहलपुरमा समेत प्रदर्शन गरेका हुन् ।

शनिबार बिहान कोहलपुर चौराहामा जम्मा भएका युवाहरुले उनको पक्षमा ¥याली समेत निकालेका थिए ।

देशका विभिन्न स्थानमा कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्नुपर्ने माग राख्दै प्रदर्शन भइरहेका बेला कोहलपुरमा समेत प्रदर्शन भएको हो ।

‘भ्रष्टचारको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ ! कमिसनको चलखेलबाट प्राधिकरणलाई मुक्त पारौँ !’ भन्ने मूल नाराका साथ युवाहरुले कुलमानको पुनः नियुक्तिको लागि ¥याली प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनको नेतृत्व युवाहरु सरोज राज शाही र मनोज डाँगीले गरेका थिए । सरकारले भने अझै पनि कसैलाई प्राधिकरणको कार्यकारी निर्देशक तोक्न सकेका छैन ।

तर आम मानिसहरु भने उनलाई नै फेरी पनि प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुपर्ने पक्षमा देखिन्छन् । उनको पक्षमा शनिबार समेत देशका विभिन्न स्थानमा मानिसहरुले प्रदर्शन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतबार