बाँकेबाट मात्रै मंगलबार थप ४२ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा रहेका ४२ जना उपचाचरपछि निको भएर घर फर्किएका हुन् ।
कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट १३ जना, मेडिकल कलेज कोहलपुर आइसोलेसनबाट ८ जना, भेरी अस्पतालबाट ८ जना, होटल सिटी प्यालेसबाट ६ जना, खुल्ला कारागार आइसोलेसनबाट ३ जना तथा होटल इन्द्रेणी, आदर्शनगर आइसोलेसन, डुडुवा आइसोलेसन र आन्तरिक राजश्श्व कार्यालयबाट १÷१ जना डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। अब जिल्लाका आइसोलेसनमा बाँकेमा ३ सय ८३ र अन्य जिल्लाका ३ जना गरी ३ सय ८६ जना छन् । बाँकेमा हालसम्म १ हजार ४ सय ६९ जनामा कोरोना पुष्टि भएको छ भने कोरोना संक्रमण कै कारण ८ जनाको मृत्युु भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्