बाँकेमा शुक्रबार र शनिबार गरिँदै आएको निषेधाज्ञा यो हप्ता पनि कायमै रहने



बाँकेमा शुक्रबार र शनिबार गरिँदै आएको निषेधाज्ञा यो हप्ता पनि कायमै रहने छ । अझै पनि कोरोना संक्रमणको जोखिममा कायमै रहेकाले यो हप्ताको शुक्रबार र शनिबार दुई दिन निषेधाज्ञा कायमै रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गका अनुसार कोरोना संक्रमण थप फैलन नदिन हप्ताको दुई दिन निषेधाज्ञा जारी गरिँदै आइएको छ। उक्त निषेधाज्ञा भोलि र पर्सि निषेधाज्ञा जारी रहने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २५ गते बिहीबार