20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले अभिभावकको खुट्टा भाँचिदिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७  

नोबेल कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण गत चैतदेखि विद्यालयहरू बन्द छन् । यही बेला एक निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् ।

प्रिन्सिपल कुँवरले कुटपिट गर्नेक्रममा लडेर उच्च रक्तचाप र मधुमेहका विरामी आचार्यको खुट्टाको फ्युमर ९साप्रा० फ्याक्चर भएको छ । आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुँवरले कुटपिट गरेका हुन् । घरको आर्थिक अवस्था कमजोर रहेका आचार्यको खुट्टाको अप्रेशन र औषधिमा दुई लाख २० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । तर उक्त खर्च तिर्न नसक्दा अस्पतालले भदौ १९ गते नै डिस्चार्ज दिएपनि आचार्य बुटवलको लुम्बिनी सिटी अस्पतालमै अलपत्र छन् ।

भरतका अनुसार प्रिन्सिपल कुँवरले आठ वर्षसम्म बिर्सिएको पुरानो बक्यौता शुल्क लकडाउनका बेला तिर्न दबाब दिइरहेका थिए । कृष्णप्रसादका दुई छोरा रामप्रसाद र लक्ष्मणले २०६९ सालमा एसएलसी दिएका थिए । परीक्षामा दुई दाजुभाइ अनुत्तीर्ण भएकाले विद्यालयले शुल्क नमागेको होला भनेर बसेको अवस्थामा चार महिनाअघि मात्र एक्कासी शुल्क तिर्न दबाब दिएको भरतको दाबी छ । प्रिन्सिपल कुँवरले ५५ हजार बक्यौता छ भनेका तर बुबाले ३५ हजार तिर्न बाँकी रहेको र लकडाउन खुलेपछि १० हजार दिने भनेपनि नमानेर कुटपिट गरेको उनले बताए ।

२८ साउनमा रानीनगर बजार गएका बेला पिछा गरेर प्रिन्सिपलले समातेर धकेल्दै विद्यालयका लेखापाल बाबुराम सुवेदीको घरमा लगेर हात बटारिदिएर गर्धनमा हान्दा लडेर खुट्टा भाँच्चिएको भरत बताउँछन् । तिर्नुपर्ने सबै पैसा अहिले नै दिन्छस् कि दिँदैनस् भन्दै प्रिन्सिपलले कुटपिट गरेको भरतले बताए ।
दिउँसो ४ बजे कुटपिट गरेका कृष्णलाई राति ८ बजे बुटवलमा उपचारका लागि ल्याइएको थियो । घटनालगत्तै पीडित परिवारले स्थानीय तहमा उजुरी दिँदा राजनीतिक दबाबमा नलिइएको र भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० मा उजुरी दर्ता भएको छोरा भरतले बताए । प्रिन्सिपल कुँवर कांग्रेसका पुराना स्थानीय कार्यकर्ता हुन् । -onlinekhabar

प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७     12:07:49 PM  |