13 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

कोहलपुरका ४ वर्षीय बालकसहित तीन जना डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २०, २०७७  

कोहलपुर । 

कोहलपुरमा रहेको होटल अतिथिको आइसोलेसनबाट डिस्चार्ज भएका ४ वर्षीय बालकसहित तीनै जनालाई नगरपालिकाले स–सम्मान विदाई गरेको छ । आइसोलेशनमा बसेको १४ दिनपछि निको भएर फर्किएका उनीहरुलाई नगरप्रमुख लुट बहादुर रावत, स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोख्रेल, नगरपालिकाका प्रवक्ता माधव रिजाल लगायतको टोलीले प्रमणपत्र र पुष्पगुच्छासहति स–सम्मान विदाई गरेको हो ।

विदाई कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले कोरोना माहामारिबाट विश्व नै त्रसित भइरहेको अवस्थामा नेपालमा संक्रमणमुक्त हुनेको संख्या दिन प्रतिदिन बढ्दै जानु सबैको लागि सुखद् पक्ष रहेको वधाई समेत दिए । सकारात्मक सोच र उच्च मनोवल राख्न सके कोरोनालाई सजिलै जित्न सक्ने भन्दै संक्रमित सबैलाई उच्च मनोवल राख्न आग्रह गरे ।

यस्तै नगर स्वास्थ्य शाखा प्रमुख पोख्रेलले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आफूहरु निरन्तर खटिरहेको बताए । उनले कोहलपुरको होटल अतिथिको आइसोलेसनमा रहेका संक्रमितहरुको अवस्थाबारे जानकारी दिँदै अहिलेसम्म १४ जना संक्रमित निको भएर डिस्चार्ज भई सकेको बताए । सो आइसोलशनमा २७ जना संक्रमित रहेको र उनीहरु सबैको अवस्था समान्य रहेको जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, भदौ २०, २०७७     4:46:34 PM  |