कोरोना संक्रमण नियन्त्रणमा जुट्न कोहलपुर काँग्रेसको आह्वान



कोहलपुर । 

नेपाली काँग्रेस कोहलपुरले नगरक्षेत्रमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण ब्यापक रुपमा बढ्दै गएकोप्रति गम्भिर रहेको जनाएको छ । मंगलबार आज एक विज्ञप्ती जारी गर्दै नगर क्षेत्रमा कोरोना संक्रमण दिन प्रतिदिन ब्यापक रुपमा बढ्दै गएकोप्रति गम्भिर रहेको जनाएको हो ।

साथै संक्रमण नियन्त्रणका लागि मातहत सबै वडाकमिटीहरुलाई पनि गम्भिर भएर लाग्न कोहलपुर काँग्रेसले आग्रह गरेको छ । सबै वडाहरुमा पत्राचार गरिएका कुनै पनि गतिविधिहरु अर्को सूचना जारी नहुँदासम्म नगर्न÷नगराउन आग्रह समेत गरिएको नगर सभापति बलराम शर्माद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १६ गते मंगलबार