विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र सिल



कोहलपुर :
नेपाल  विद्युत  प्राधिकरण वितरण केन्द्र कोहलपुर सिल गरिएको छ ।

कोहलपुर क्षेत्रमा कोरोना संक्रमण दर उच्च बन्दै गएको भन्दै वितरण केन्द्र नै सिल गरिएको हो ।

मंगलबार देखि लागु हुनेगरी भाद्र १९ गते सम्मको लागि वितरण केन्द्रका सम्पूर्ण काम रोकिएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै भाद्र १९ गते सम्म सिल गरिएको जनाइएको छ ।

सोमबार वितरण केन्द्रका एक कर्मचारीपनि कोरोना संक्रमण पुष्टि भएको थियो । यता एक महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि कोहलपुर नगरालिका सिल गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १६ गते मंगलबार