ठूलो मात्रामा लागू औषध गाँजासहित बाँकेमा दुई जना पक्राउ



ठूलो मात्रामा लागू औषध गाँजासहित बाँकेमा दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरी बाँके प्रहरीले १३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

शंका लागेपछि चेकजाँच गर्ने क्रममा बाँके कोहलपुर नगरपालिका ११ का ४२ बर्षिय बिसराम थारु र राप्तीसोनारी गाउँपालिका ५ गोरधुई का २५ बर्षिय रामबहादुर चौधरीलाई शनिबार डुडुवा गाउँपालिका ५, कमरसाबाट पक्राउ गरिएको बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सुबास खड्काले जानकारी दिए ।

प्रहरीले उनिहरुको साथबाट २ वटा प्लाष्टिकको बोरा र २ वटा प्लाष्टिकको झोलामा बनाई राखेको १३ किलो गाँजा बरामद गरेको जनाएको छ । गाँजासहित पक्राउ परेका उनिहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १४ गते आइतबार