विनोद चौधरीलाई पनि कोरोना सङ्क्रमण



काठमाण्डौ ।
नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी गराएका हुन् । उनले आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताएका छन् ।

चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाव दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १२ गते शुक्रबार