बाँकेमा कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ६ सय ८२ पुगेको छ । बिहीबार आज थप २२ जना संक्रमित निको भएर डिष्चार्ज भएसंगै निको भएर घर फर्कनेको संख्या ६ सय ८२ पुगेको हो ।
आज खुल्ला कारागार आइसोलेसन गनापुरबाट ६ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट ५ जना, होटेल सिटी प्यालेस आइसोलेसनबाट ४, लायन्स डेण्टल अस्पतालबाट ३, प्राथमिक स्वास्थ्य केन्द्र बैजनाथबाट २ जना तथा आदर्शनगर आइसोलेसन नेपालगन्ज र कृषि तालिम केन्द्र आइसोलेसनबाट १र१ जना निको भई डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
अब आइसोलेसनमा बाँकेका २ सय ३३ र अन्य जिल्लाका १ जना गरी २ सय ३४ जना छन् । बाँकेमा हालसम्म ९ सय २० जनामा कोरोना पुष्टि हुँदा ५ जनाको भने मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ भदौ ११ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्