नायिका पूजा शर्मा र रजतपट सञ्चालक प्रकाश सुवेदीबीच मिलापत्र



काठमाडौ  :
नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीच केही समयदेखि चलिरहेको विवाद मिलापत्रमा टुंगिएको छ ।

एपीवान् टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको पहलमा दुवैबीचको विवाद टुंगिएको हो ।

दुइपक्षविच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ । साथै, अब प्रकाशले संचालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालना तर्फ सजग रही भविष्यमा आपसी सद्भाव बिग्रन नदिने प्रवृत्तीमा दुवैपक्ष संवेदनशिल र र सचेत रहने कुरा उल्लेख छ । नायिका पूजा र सुवेदीबीचको मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका अध्यक्ष जनक कार्की लगायतले हस्ताक्षर गरेका छन् ।

संचारकर्मी प्रकाश सुवेदीले आफूले संचालन गर्दै आएको कार्यक्रममार्फत पत्रकारिता आचारसंहिताको उल्लंघन गर्दै आफूलाई अपशब्द प्रयोग गरेको भन्दै नायिका पूजा शर्माले कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिएकी थिइन् । कार्यक्रमबाट प्रकाशले माफी मागेपनि पूजाले माफी चित्त नबुझेको बताएकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ४ गते बिहीबार