20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जाजरकोटमा बाढीले वडा कार्यालय बगायो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३, २०७७  

सुर्खैत ।

जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले वडा कार्यालय बगाएको छ । गएराति आएको बाढीले शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको हो ।

जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिए ।

वडा नम्बर ६ कै १५० घर पहिरोको जोखिममा रहेकाे उनले बताए । लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा र पाल्तका घरहरु पहिरोको जोखिममा परेका हुन ।

प्रकाशित मितिः बुधबार, भदौ ३, २०७७     6:00:45 PM  |