स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने नेपालगञ्जका ७७ वटा पसल तथा व्यवसायी शुक्रवार कारवाही गरिएको थियो । व्यवसायीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरे नगरेको अनुगमन गर्नको लागि जिल्ला प्रशासन कार्यालय बाँकेले दुईवटा टोली बनाएर अनुगमनमा खटाएको छ ।
कोहलपुर ।
बाँके र बर्दियामा स्थानीय प्रशासनले सुरक्षा मापदण्ड र निषेधाज्ञा उल्लघंन गर्ने व्यवसायीहरुलाई कारवाही गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने नेपालगञ्जका ७७ वटा पसल तथा व्यवसायी शुक्रवार कारवाहीमा परेका थिए । व्यवसायीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरे नगरेको अनुगमन गर्नको लागि जिल्ला प्रशासन कार्यालय बाँकेले दुईवटा टोली बनाएर अनुगमनमा खटाएको थियो ।
सामाजिक दूरी पालना नगर्ने, मास्कको प्रयोग नगरी कारोबार गर्ने व्यवसायीलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए । उनका अनुसार शुक्रवार ७७ वटा पसल तथा व्यवसायीलाई एक सय रुपैयाँका दरले जरिवाना गरिएको छ । यसैबीच बर्दियाको बाँसगढीमा निषेधाज्ञाको उल्लघंन गर्दै पसल व्यवसाय सञ्चालन गर्नेलाई प्रहरीले कारवाही गरेको छ ।
निषेधाज्ञा अटेर गरी सुरक्षा मापदण्ड विना लुकीछिपी पसल सञ्चालन गर्नेलाई बाँसगढी प्रहरीले कारवाही गरेको हो । पसल व्यवसाय सञ्चालन गर्ने र निर्माणका काम गर्ने ४० बढीलाई कारवाही गरिएको बाँसगढी प्रहरीले जनाएको छ । प्रशासनको निर्णयलाई अटेर गरेर पसल सञ्चालन गर्ने र निषेधाज्ञा पालना नगर्ने परिपाटी बढ्न थालेपछि कारवाही गर्नुपरेको ईलाका प्रहरी कार्यालय बाँसगढीका इन्चार्ज प्रहरी निरीक्षक ईन्द्रजित सुनारले जानकारी दिए ।
फलफूल, औषधि पसल लगायत अत्यावश्यक पसललाई सुरक्षा मापदण्ड पुरा गरी सञ्चालन गर्न र अन्य पसल पूर्णरुपमा बन्द गर्ने शर्तमा उनीहरुलाई छोडिएको उनले बताए । नियन्त्रणमा लिएका उनीहरुलाई कोरोना संक्रमणको जोखिमबाट बच्न आमनागरिकले निषेधाज्ञा पालना सम्बन्धमा र सुरक्षा मापदण्ड पालनाका बारेमा सचेतना प्रदान गरिएको थियो ।
फुटपाट, खुल्ला ठाउँमा सञ्चालन भइरहेका ठेलागाडा, साइकलमा गरिने व्यापार, तरकारी, फलफुल, खाद्यान्न, लत्ताकपडा लगायतका खुद्रा व्यापार, व्यवसाय एवं कवाडी संकलनजस्ता कार्य जथाभावी रुपमा सञ्चालन हुन नदिने र त्यो कार्यलाई सम्बन्धित स्थानीय प्रशासनले निषेध गर्ने निर्णयसमेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्