प्रेस संगठन बाँकेको दोस्रो बैठक सम्पन्न



काेहलपुर ।

प्रेस संगठन बाँकेले श्रमजिवि पत्रकारहरुले काम गरे वापतको पारिश्रमिक समयमै उपलब्ध गराउन संचालन गृहहरुलाई आग्रह गरेको छ । शुक्रबार जुम एप्स मार्फत आयोजित बैठकमा कोरोनाको महामारीका बिच केही संचारगृहले लामो समयदेखी आफ्ना संचारकर्मीहरुलाई पारिश्रमिक उपलब्ध नगराएको घटनाप्रति छलफल गरीएको थियो । छलफल पश्चात बैठकले श्रमजिवि पत्रकारहरुको पारिश्रमिक तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।

प्रेस संगठन बाँकेका संयोजक डक्ट धितालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोनाका कारण उत्पन्न परिस्थितीको विश्लेषण गर्नुका साथै कोरोनाबाट संक्रमित भएका संचारकर्मीहरुको स्वास्थ्य लाभको कामना गरेको थियो । कोरोना संक्रमित संचारकर्मीहरुको समस्या समाधानकालागि संगठनबाट हुने सहयोगको प्रतिवद्धता गर्दै कोरोनाबाट जोगिन विशेष सावधानी अपनाउन सम्पूर्ण संचारकर्मीलाई प्रेस संगठनले अपील समेत गरेको छ ।

बैठकले कोरोनाका कारण प्रभावित बनेको सांगठनिक गतिविधिलाई क्रियाशिल बनाउँदै लैजाने निर्णय गरेको छ । साथै बाँकेका संचारकर्मीको कोरोना विमा गरेकोमा नेपाल पत्रकार महासंघ प्रदेश कमिटी र नेपाल पत्रकार महासंघ बाँके शाखालाई धन्यवाद दिदै छुटेका सहकर्मीको विमा संगठन स्वयंले गरेको र थप सदस्यको समेत विमा गर्ने निर्णय भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार