कोहलपुर ।
जिल्ला प्रहरी कार्यालय बाँकेले ५ हजार मास्क निःशुल्क वितरण गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमी) बाँकेबाट उपलब्ध भएको मास्क आजबाट बाँके प्रहरी वितरण गर्न लागेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले आजदेखि निःशुल्क रुपमा मास्क वितरण गर्न लागेको जानकारी दिए ।
‘प्रहरीलाई मास्क हामीलाई उपलब्ध भइसकेको छ’ उनले भने, ‘आज बिहान नेपालगञ्जमा सचेतनामूलक प्रभातफेरी निकालेर मास्क वितरण सुरु गर्नेछौं ।’ मास्क वितरण कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, प्रहरी उपरीक्षक राना, सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतको उपस्थिती
हुनेछ ।
आज बिहान ८ बजे नेपालगञ्जस्थित धम्बोझी चोकबाट मास्क वितरण अभियानको सुरुवात हुने बाँके प्रहरीले जनाएको छ । सामाजिक दुरी कायम गरेर कार्यक्रम हुने प्रहरी उपरीक्षक रानाले जानकारी दिए । ५ हजार मास्क प्रहरीले अन्य दिनहरुमा समेत जिल्ला विभिन्न स्थानहरुमा मास्क नलगाएर सडकमा हिड्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्नेछ । आज सोही कार्यक्रमको अवसरमा कोभिड–१८ सम्बन्धि सचेतनामूलक प्रभातफेरी निकालिने छ ।









प्रतिक्रिया दिनुहोस्