कोहलपुर ।
कोहलपुर नगरपालिकामा खुल्ला रुपमा विक्रि तथा वितरणले गुणस्तरीयता कामय गराउनका लागि अनुज्ञापत्र लिने व्यवस्था लागू गरिएको
छ । कानूनी मापदण्ड पूरा नगरी बजारमा भैरहेको खुला दुधको बिक्रिवितरण गुणस्तरीयता नभएकोले अनिवार्य रुपमा अनुज्ञापन लिने व्यवस्था लागू गरिएको हो । खाद्यान्न नियामावली, २०२७ को व्यवस्था अनुसार डेरी उद्योग, दुधु बिक्रिवितरण गर्ने किराना पसल, तथा घुमफिर गर्ने कुनै पनि खाद्यान्न बस्तुहरुको खुल्ला रुपमा बिक्रिवितरण गर्ने व्यवसायहरुले अनिवार्य रुपमा अनुज्ञापत्र लिने व्यवस्था लागू गरेको छ ।
बुधबार कोहलपुर नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज, डेरी उद्योग र कृषकहरु बीच भएको छलफलपछि अनुज्ञापत्र लिने व्यवस्था लागू गरिएको हो । कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी चौधरीले मुख्यतया घुमफिर गरी दुध बिक्रिवितरण गर्ने किसानहरुलाई यो अनुज्ञापत्र अनिवार्य लिनुपर्ने बताइन् । ‘कोहलपुरमा गुणस्तरीयता दुध बिक्रि नभएको गुनासो आएपछि कृषकहरुको घर आगनमा पुरी अनुगमन गरेका छौं’ उनले भनिन् ‘कृषकहरुले राम्रो दुध उत्पादन गर्छन तर बिचौलियाहरुको कारणले गर्दा उपभोक्ताहरुले राम्रो दुध खान पाएका छैनन् ।’ त्यसलाई रोक्नका लागि अनुज्ञापत्र अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको उनको भनाई थियो । ‘अनुगमन गर्दा पटक पटक अनुरोध गरेका छौं तर उहाँहरुले मान्नु भएको छैन’ उने थपिन,‘अब हामी फेरी पनि अनुज्ञापत्र नलिई दुध बिक्रिवितरण गरेको पाइएमा कानूनी कारबाही
गर्नेछौं ।’
त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जका खाद्यान्न निरिक्षक नेत्र बोगटीले कानून र नियम विपरित विक्रि वितरण भए कारबाही गरिने बताइन् । उनका अनुसार गोठदेखि ओठसम्मको दुग्ध उत्पादन र बिक्रि वितरणमा स्वच्छता र गुणस्तर कायम राख्नुपर्दछ छ । यस्तै उपभोक्ता अधिकार र कानूनी व्यवस्थाका बारेमा जानकारी गराउँदै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य अधिवक्ता वसन्त गौतमले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको मौलिक अधिकार भएकाले सबैले यसको पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
‘दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका २०७५ ले दूध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता हुनुपर्ने हुन्छ’ उनले भने ‘गुणस्तर कायम राख्न निर्देशन गरेको छ ।’ यसको पालना नभए उपभोक्ताको हित विपरित कार्य गर्नेलाई कानूनको दायरामा ल्याउनु पर्नेमा गौतमले बताए । यस्तै कोहलपुर डेरी एशोशिएसन कोहलपुरका अध्यक्ष रमिला थापाले खुल्ला रुपमा दुग्ध बिक्रि गर्ने व्यक्तिहरुलाई झन बढुवा दिइरहेको गुनासो गरिन् । उनका अनुसार खुल्ला रुपमा बिक्रि वितरण गर्ने व्यक्तिले २५ रुपैयाँमा अनुज्ञापत्र प्राप्त गरी दुध विक्रि ग¥यो भने डेरी पसलहरुको भविष्य झन् अन्योल हुन्छ ।
‘लामो समयदेखि लकडाउन भयो अहिलेसम्म कसैले पनि गाई, भैसीले दाना र घाँस खाएकी खाएनन भनी आएनन् तर अहिले स्वयम् किसान मर्को पर्ने गरी कानून लादिनु हुँदैन ।’ उनले भने । यस्तै व्यवसायिक किसान सञ्जाल बाँकेका महासचिव लालमणी भण्डारीले जुन नियम कानुन ल्याएपनि किसान मार्ने काम भएको भन्दै विरोध जनाएका थिए । किसानका बास्तविक समस्या नबुझी कोहलपुर नगरपालिकाले नियम कानून ल्याई किसानलाई झन मर्कोमा परिरहेको उनको भनाई छ । कानून र नियमहरु जबरजस्ती लागू गर्ने खोजियो भने किसानहरुको उत्पादन बन्द गरी आन्दोलन गर्ने उनले जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्