कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ । बुधबार कोहलपुरका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ पुगेको हो । स्वास्थ्य कार्यालयका बाँकेका अनुसार खजुराका चार जना सहित कोहलपुर २ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरु कोहलपुर २ का २३ वर्षीय महिला र ३९ वर्षीय पुरुष र ९ वर्षीय बालक रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । संक्रमित महिला, पुरुष तथा ९ वर्षिय बालक श्रीमान–श्रीमती र छोरा हुन् ।
उनीहरुसहित साता जनाको टोली असार ७ गते भारतको राजधानी दिल्लीबाट कोहलपुर फर्किएको पाइएको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । सातै जनालाई वडाको क्वारेन्टिनमा बसिरहेका थिए । त्यहाँबाट स्वाव संकलन गरेर पीसीआर परीक्षणको लागि भेरी अस्पतालमा पठाउनमा रिपोर्ट पोजेटिभ आएको हो । बुधबारसम्म कोहलपुरका १५ मध्ये ५ वटा वडामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । वडा नम्बर १ मा एक, वडा नम्बर २ मा सात, वडा नम्बर ८ र ११ मा दुई ÷दुई र वडा नम्बर १२ मा तीन कोहलपुर नगर स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यालयका अनुसार वडा नम्बर १२ का तीन जना कोरोना संक्रमितहरु मापदण्ड अनुसार १४ दिन आइसोलेसनमा बसेर थप एक साता होम आइसोलेसनमा बस्ने शर्तमा घर गइसकेका छन् । त्यसैगरी वडा नम्बर २ पनि दुई जना १४ दिन आइसोलेसनमा बसेर घर फर्किएका थिए । नगर स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेल अनुसार अहिले कोहलपुरका तीन जना संक्रमित महिलाहरुको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल र ४ जनाको कोहलपुर ९ स्थित कृषि विकास तालिम केन्द्रमा रहेको आइसोलेसनमा उपचार भइरहेको छ ।
खजुरामा उपचाररत दुई जना महिला कुवेत र एक जना भारतबाट आएका थिए । बुधबार संक्रमण पुष्टि भएका एकै घरका तीन जनालाई पिपिरीमा रहेको आइसोलेसनमा सेन्टरमा राखिएको यिो । यस्तै बुधबारसम्म कोहलपुरका विभिन्न क्वारेन्टिनमा रहेका ८ सय २९ जनाको आरडीटी जाँच गरिएको छ । पीसीआर परीक्षण भने ४ सय ४१ जनाको मात्र भएको थियो । अहिलेसम्म कोहलपुरमा कोरोनाको लक्षण नै नदेखिएका व्यक्तिमा कोरोना देखिएको छ । संक्रमित सबै भारत र विदेशबाट आएका मात्रैै
छन् । अहिलेसम्म भेटिएका कोरोना संक्रमित भारत र कुवेतबाट आएका हुन् ।
भारत तथा अन्य देशबाट आएर सिधै क्वारेन्टिनमा बसिसकेकोले समुदायको सम्पर्कमा नरहेको समेत शाखा प्रमुख पोखरेलले बताए । ‘लक्षण देखिएका संक्रमितलाई खजुरा लैजान्छौ । लक्षण नदेखिएका मात्रै यहाँ रहने गर्छन् । कोहलपुरमा अहिलेसम्म संक्रमण पुष्टि भएकामा लक्षण देखिदैन । सबै सामान्य अवस्थामा छन्’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । पोखरेलले लक्षण नदेखिएकाहरुलाई १४ दिन क्वारेन्टिनमा राखेर घर पठाउने गरिएको समेत जानकारी दिए ।
कोहलपुुरमा कोरोना संक्रमण समुदायमा फैलिने सम्भावना नरहेको समेत उनले अवगत गराए । अहिलेसम्म बाँकेमा ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको कोरोना कै कारण मुत्यु भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्