कोभिड–१९ ले वर्तमानमा निम्त्याएका सवल तथा दुर्वल पक्षहरु




एकराज शर्मा

आजको २१औं शताब्दी कस्तो शताब्दी भयो ? विज्ञान किन आज लाचार छ ? आज मानवदेखि मानव किन डराउनु पर्ने भयो ? किन निःशब्द छ आजको मानव ? के भो ब्रहमाण्डलाई आज किन हुँदैछ विश्व अर्थतन्त्र तहसनहस ? मानिसदेखि मानिस डराउनु पर्ने स्थिति देखा पर्न गयो ? के अबको मानव ढुङ्गे युगमा फर्किन लागेको हो त ? वास्तवमा आजको युगलाई हामी २१ औं शताब्दी एवम् विज्ञान र प्रविधिको युगका रुपमा स्विकार गरेका छौं । हिजो मानिसले विश्वलाई आक्रान्त पार्ने गरी गरेका विविध खालका गतिविधिको कारण आजको मानवमा फरक खालको वातावरण देखापरेको हो । हिजो विश्व हल्लाउने भनिएका देशहरु आज किन निरासको वातावरणमा रुमलिनु परेको छ ।

ती देशले यो समयको परिकल्पना गरेका थिएनन् । के हिजो संसारलाई एकै छिनमा ध्वस्त पार्ने परिकल्पना गरेको अमेरिका किन चिरकारमा डुबेको छ ? हिजो आपूmलाई साम्यवादीका रुपमा विश्वमा कसैलाई नटेर्ने चीनले आपूmलाई र आफ्नो भूमिमा विश्व आक्रान्त पार्ने खालको रोग उत्पादनको केन्द्रविन्दुको संज्ञा किन पायो ? आजको समयमा आपूmलाई अब्बल ठान्ने ईटली, जापान, स्पेन, फ्रान्स, दक्षिण कोरीया जस्ता मुलुकहरुले मृत्युलाई कुरीराख्ने अवस्थाको सिर्जना किन भयो ? आज विश्वमा आपूmलाई नयां मुलुक एवम् शक्तिशाली सावित गर्न खोजेको भारतले किन दैनिक जसो जनताको मृत्युलाई जित्न सकेको छैन ?

चन्द्रमामा बस्ती बसाल्ने जमर्काे गरेको अमेरिका, मिसायलबाट विश्व थर्कमान गर्ने उत्तरकोरीया, आपूmलाई हरेक चिजमा अब्बल ठान्ने चीनले किन तयार गर्न सकेनन् कोभिड १९ भाईरसको औषधि । जपानले वारेन्टी र ग्यारेन्टिका सामान उत्पादन गरेर विश्व अर्थतन्त्रमा आपूmलाई अब्बल ठानिरहदा किन तयार गर्न सकेना कोभिड १९ को ईन्जेक्सन । चीनको बुहान राज्य बाट सुरु भएर विश्वभरी महामारीका रुपमा विश्वलाई आक्रान्त पारिरहेको कोभिड १९ ले मानव जातिलाई हालको समयमा संकटमा पारेको छ । आजको समयसम्म विश्वमा झन्डै ९९ लाख भन्दाबढी कोभिड–१९ ले संक्रमित र झन्डै ५ लाख बढीको मृत्यु भइसकेको छ भने झन्डै ५४ लाख ४८ हजार बढि मानिस निको भएर घर फर्किसकेको अवस्था छ । हालसम्म विश्वमा १ करोड ७४ हजार बढि संक्रमित छ्न । नेपालमा यो लेख तयार पार्दासम्म नेपालमा १२ हजार बढि संक्रमित छ्न त २८ जनाको मृत्यु भएको छ देशका ७७ वटै जिल्लामा संक्रमण फैलिएको छ ।

भने २७०० बढी सन्चो भएर घर गएका छ्न भने ५२ हजार बढी हाल क्वारेन्टाइनमा रहेको अवस्था छ । विदेशबाट आउनेको संख्या दिन प्रतिदिन बढिरहेकाले अबको केही महिना अझै थप हुने संभावना छ । विश्वका विकसित ठानिएका मुलुकको अर्थतन्त्र, सेना, जेट, रकेट एवम् मिसायलको कुनै काम देखिएन । बरु त विकाशोन्मुख एवम् अल्पविकसित मुलुकले समयमै लकडाउनको प्रयोग गरे किनकि यो नगर्दा यी मुलुकको विकल्प नि थिएन । एकातिर साधन स्रोतको अभाव, कमजोर अर्थतन्त्र र आधारभूत आवश्यकताको जोहोमा लागेका यी मलुकमा सबैभन्दा बलियो र राम्रो उपाए नै लकडाउन हो र गरे र त आज अन्य विकसित देशको जस्तो मानवीय क्षति भएको छैन र नहोस् पनि ।

नेपालको हकमा वि.सं १९९० को महांभूकम्प, २०२८ सालको भोकमरी, २०४६ सालको जनआन्दोलन,२०५१ देखि २०६२÷०६३ सम्म चलेको १० वर्षे जनयुद्धको समयमा पनि डरत्रासमा नरुमलिएका नेपालीहरु आज आफ्नो परिवार, ईष्टमित्र, आफन्त, आदरणीय, पुजनीय, ढोगनीयदेखि लुकेर, डरायर त्रसित वातावरणमा बस्नुपर्ने बाध्यता भएको छ । हामीले हाम्रो संस्कार, नैतिकता, जिम्मेवारी, कर्तव्य र आधार बिर्सेकाले विश्व तहसनहस हुनुमा कलीको प्रभाव भएको तथ्य हिन्दु धर्मग्रन्थमा उल्लेख छ ।

आज मानिसले आपूmलाई सचेत अब्बल प्राणीका रुपमा साबित गर्ने क्रममा आफैले तयारगरेका साधन स्रोतले आफैलाई ध्वस्त बनाउंदै छ । मानिसको अहंकार, घमण्ड, रिस, राग, इष्र्याको कारण एकले अर्काेको खुटटा्तान्ने प्रवृतिको कारण यो विकराल समस्या आएको कुरामा कसैको ध्यान पुग्नै
सकेको छैन । आखिर के पो रै’छ र जीवन एकैछिनको लोभ, पाप, स्वार्थ र अहमताले गर्दा एकले अर्काेलाई नटेर्ने वातावरणको सिर्जना भएको हो । आखिर यी सबै कुरा चाहीं जीवित हुँदामात्र हो भन्ने कुरा बिर्सियो । हामीलाई हामी जीवित हुँदा आवश्यक पर्ने त आधारभूत आवश्यकता जस्तो कि गांस, बास, कपास, शिक्षा, स्वास्थ्य र यौन एवम् उसलाई ऊ विरामी हुँदा औषधि उपचार गर्ने गरी संघर्ष गर्दा नि मात्र हुन्छ ।
हाल विश्वको अवस्थालाई नियाल्दै जाने हो भने नेपाल सरकारले गरेको घरमा
बसौं, अरुको घर नजाऔं, अरुदेखि टाढा बसौं भन्ने कुरामा सत्यता छ । तर पनि यो अन्तिम विकल्प भने होइन । आजको दिनसम्म आई पुग्दा कोभिड १९ को कारण रोगभन्दा त भोकले मर्ने अवस्था समेतको सिर्जना भएको छ । किनकि दैनिक ज्यालादारी गर्ने श्र्रमिक भोक भोकै मर्ने वातावरण देखा पर्न गएको छ । त्यति मात्र कहां हो र जागिरे जीवनमा निर्भर भएकाहरु पनि सरकारले समयमा तलब नदिँदा त झन् भयावह आउने कुरामा सरकारको ध्यान गएको छ वा छैन । बैंकबाट ऋण लिएर आफ्नो पेशा र व्यावसाय गरेकाहरुले कसरी ब्याज र सांवा तिर्ने के १० प्रतिशत छुट र असारसम्म तिर्न मिल्ने व्यवस्था हुँदैमा उनीहरुका समस्या समधान हुने देखिदैन र यो कार्यन्वयनमा पनि आएको छैन । स्थानीय निकायले राहत बाँड्ने नाममा आत्तिएर विना योजना अदुरदर्शिका बाबजुत सुरुमै बाँडे तर यो राहत बाँड्ने समय बल्ल आएको छ ।
नेपालको हकमा सुरुमा १ अनि ३ को क्रममा लम्किएको कोभिड १९ दैनीक २५० देखि ७२९ सम्मको दरले आजसम्ममा १२ हजारभन्दा बढी संख्यामा पुगिसकेको छ भने २७ जनाको मृत्य भैसकेको छ भने २३५० बढी सञ्चो भएर घर गएका छन् । हाल सम्ममा ७६ जिल्ला तथा सबै प्रदेशमा कोरोना फैलएको छ । आज निकै संक्रमित भएका मुलुकको अवस्था हिजो त्यस्तै थियो । नेपाल सरकारले पनि आवश्यक तथा दुरदर्शी नीति अबलम्बन गर्न सकेन । जुन समयमा संक्रमितको संख्या नगण्य मात्रामा थियो त्यो बेला ध्यान नदिएर हतारमा बन्दाबन्दि ग¥यो ।
कैयन नेपाली दाजुभाइहरु विदेशबाट ल्याउनु थियो त त्यतिबेला ल्याएको भए आज नेपालमा यो अवस्था आउने थिएन । आवश्यक निर्णय गर्ने समयमा बन्दाबन्दी गरेको नतिजाको फलस्वरुप आज नेपालमा दिन प्रतिदिन महामारीको रुप लिइरहेको छ । हाल बिदेशबाट ल्याउने नेपाली दाजुभाइहरुलाई तत्काल ल्याउने काम गर्न सकिने अवस्था थियो । हाल आएर नेपाली उखान लगनपछिको पोते के काम भन्ने भनाई चरितार्थ भएको छ ।
कोभिड १९ ले निम्त्याएका समस्याहरु
– मानिस रोगले भन्दा भोकको कारण मर्ने संम्भावना ।
– बन्दाबन्दी लामो समय गर्नु पर्ने भएकाले श्रमिक वर्गमा श्रम खोसिएको ।
– बालबालिकाहरुमा निरासपन, आतेसपन, बर्बराउने तथा मानसिक तनाव देखा पर्ने तथा बढीले आत्माहत्या समेत गर्ने ।
– बालबालिकाको पठन–पाठनमा समस्या वा शैक्षिक सत्रको उतार–चढाव ।
– आर्थिक हिनामिना वा अधिक मात्रामा भष्टाचार बढ्न सक्ने संम्भावना ।
– औषधि उपचार नपाएर अकाल मृत्य हुने ।
– कोभिड १९ भन्दा पनि अन्य रोगको उपचार नपाएर ज्यान जान सक्ने ।
– दिर्घरोगी, गर्भवती महिला, शिशु लगायत जेष्ठ नागरिकले समयमा सही उपचार नपाउने ।
– सरकारले जस नपाउने तथा प्रतिपक्ष बलियो भए जस पाउने ।
– भोकमारीको संम्भावना ।
– आम नागरिक, उद्योगी, व्यापारी लगायत देशको आथर््िाक अवस्था निकै कमजोर हुने ।
– पर्यटकीय स्थलको अवस्था कमजोर हुने ।
– आम जनतामा त्रासको वातावरण । तथा बलत्कार एवम् बालबालिकामा मानसिक तनाव ।
– विश्व अर्थतन्त्रमा असर ।
– विकसित देशहरु निकै प्रतिस्पर्धा वा होडबाजी ।
– अकालमा मृत्यु तथा मृत्युपछि मात्र कोभिड १९ को प्रमाणित ।
– धर्मप्रतिको आस्था वा भगवानप्रतिको आराधनामा कमी ।
– त्रासमय वातावरणमा बाँच्ने बाध्यता ।
– बेरोजगारी समस्याहरु निम्तिएको ।
– रोग, भोक तथा शोक एकैपटक मानिसमा देखा परेको ।
– आफन्त, ईष्ट, मित्र तथा अग्रजहरु संगको सम्बन्ध तथा दुरी बढाएको ।
– अति गोप्य तथ्याङ्कहरुको असुरक्षा रहने ।
– नेपालको हकमा अवसरभन्दा चुनौती बढिरहेको छ ।
– शारीरिक अपाङग्ता भएका विद्यार्थीको लागि निकै समस्या ।
– विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा तथा कार्यहरु गराउने समस्या ।
कोभिड १९ का फाइदाहरु
– मानिसले आफ्नो अस्तित्वको खोजीलाई महत्व दिएर अबका दिनमा काम गर्ने ।
– कुनै पनि ठाउँबाट अनलाईनको माध्यामबाट कक्षा लिन सकिने ।
– भच्र्युअल कक्षा तालिम, सेमिनार, वैठक, प्रशिक्षणले निकै ठाउँ पाएको छ ।
– २१ औं शताब्दिको विज्ञान वा प्रविधिको माध्यामबाट अबको पठनपाठनको तयारी गर्ने अवसर
-ड्ड मानिसले आफ्नो काम संवेदनसील भएर गर्ने अवसर ।
– नैतिकता,आचरण, धर्म, संस्कार तथा परम्पराप्रतिको विश्वास बढेको ।
– टाढाबाट नमस्कार गर्ने बानीको विकास गर्ने वातावरण ।
– भच्र्युअल कक्षाबाट वा आई सि टी कक्षाको प्रयोग गर्ने वातावरण ।
– राष्टिृय एकता, मेलमिलाप तथा एक आपसमा सरसहयोगको वातावरण ।
– संघर्ष गरेर जीवनयापन यापन गर्ने वातावरण तयारी ।
– मानवीय महत्व बढेर गएको ।
– रुपैया नै सबै थोक हो भन्ने भावनाको अन्त्य ।
– कृषि कार्यप्रतिको मोह बढेको र बाँझो जग्गाको सही सदुपयोग ।
– आफ्नो देश तथा देशमा नै जस्ता पनि काम गरे सुन फलाउन सकिने तर विदेशी भूमिप्रतिको नकारात्मक भावना बढेको ।
– विदेश पलायन हुने वातारणमा परिवर्तन ।
– वैदिक दर्शनको व्यावहारिक रुपमा प्रयोग तथा धार्मिक सिद्धान्तमा समर्पित ।
– स्वदेशका नागरिक विदेशबाट फिर्ता
भएर आफनो देशको विकासमा समर्पित रहने ।

अब हामी यी सबैखाले समस्याबाट मुक्त भएर अर्थ नीतिमा सुधारगरी आउंने दिनमा मानवदेखि मानव डराउंने वातावरण तयार नगरी देशको उन्नति र प्रगतिमा जुटौं । यसरी यो वर्ष यो भाइरस सर्ने वातावरणको अन्त्य गरेर नै सामना गरेर रमाऔं , जमाऔं । कोभिड १९ भाइरस भगाऔं लाग्ने वातावरण नगराऔं यदि लागे पनि मरिहाल्ने हुदैन । आत्ति हाल्नु पर्ने छैन र देखिदैन पनि ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १५ गते सोमबार