कोहलपुर :
सोमबार दिउँसो बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैया पुलबाट ट्याक्टर राप्ती नदीमा खस्दा बेपत्ता भएका एक जना मृत अवस्थामा भेटिएका छन
ट्याक्टर बाट नदिमा खस्दा बेपत्ता भएका एक जनाको शव भेछिटएको हो । घटना लगत्तै प्रहरीले खोजिगरिरहेको थियो । स्थानीय हेमन्त चौधरीका अनुसार राप्तीसोनारी ३ का ३६ वर्षीय चुर्ण बहादुर थारुको मृत अवस्थामा शव फेला भएको हो ।
सोमबार दिउँसो सिक्टा सिचाई आयोजनाको बाँधमा रहेको पुलबाट ट्याक्टर ड्याममा खसेको थियो । कार्यालयका अनुसार ट्याक्टर चालक सहित अन्य दुई जना न १ त ५१८ नम्बरको ट्याक्टरबाट नदीमा खसेका थिए ।
ट्याक्टरका चालक राप्तीसोनारी गाउँपालिका ३ का १७ वर्षीय सुनिल थारु र थप एक जना अझै भेटिएका छैनन् । अन्यको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असार १ गते सोमबार










प्रतिक्रिया दिनुहोस्