आइतबार थपिए २१३ जना कोरोना संक्रमित



नेपालमा आइतबार २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन्।

आइतबारसम्म ९६हजार २ सय पाँच जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

हाल देशभरका क्वारेन्टाइन १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २५ गते आइतबार