बाणिज्य बैंक कोहलपुरमा बिहानै पाँच बजेदेखि सेवाग्राहीको भिडभाड (फोटोफिचर)



कोहलपुर ।

बाँकेको कोहलपुरस्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालय अगाडि आइतबार बिहानैदेखि सेवाग्राहीको भिडभाड लागेको छ । आइतबार कार्यालय खोल्ने भएपछि बिहानै साढे पाँच बजेदेखि नै सेवाग्राहीको लाइन लागेको छ ।

बिहान आठ बजे कार्यालयले सेवाग्राहीलाई टोकन बाँड्ने बताएपछि बिहानैदेखि सेवाग्राहीको लाइन लागेको हो । बिहान साढे सात बजेसम्म कार्यालय बाहिर टोकनको प्रतिक्षामा १ सय ५० जनाभन्दा बढी मानिसहरु लाइनमा बसेका थिए ।

बिहान आठ बजेदेखि सेवाग्राहीलाई टोकन बाँड्ने कार्यालयले जनाएको छ । लाइनमा बसेकाहरुले सामाजिक दुरी समेत कायम गरेका थिएनन् । इलाका प्रहरी कार्यालय कोहलपुरको केही मिटरको दुरीमा नै भिडभाड भएपनि प्रहरीले भने भिडलाई व्यवस्थित गर्न कुनै मतलब गरेका थिएन ।

कोहलपुर लगायतका ग्रामिण क्षेत्रबाट समेत बाणिज्य बैंकमा लाइन बस्नको लागि बिहानैदेखि आइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २५ गते आइतबार