कोहलपुर :
बाँकेको नरैनापुर गाउँपालिकाले प्रदेश र संघीय सरकार सँग उच्च स्तरीय चिकित्सक सहित सुरक्षाकर्मी माग गरेको छ । प्रत्येक दिन ठूलो संख्यामा कोरोना संक्रमित देखिन थालेपछि नरैनापुरले सरकारसँग चिकित्सक र सुरक्षाकर्मी माग गरेको हो ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले अवस्था भयावह भएको भन्दै सुरक्षा माग गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालद्धारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश पाँच कै ग्रामिण क्षेत्र भएको, जनताको चेतना स्तर कम र खुल्ला सीमानाका कारण समस्या भइरहेको उल्लेख गरिएको छ ।
विपत्तिको समयमा गाउँपालिकामा खटिनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी उस्काउने र झन त्रासको वातावरण सिर्जना भइरहेको बताइएको छ । ‘यहाँमा क्वारेन्टाइनबाट समुदाय स्तरमा कोरोना सर्न सक्ने सम्भावना बढेको छ ।
तत्काल उच्च स्तरीय चिकित्सक र सुरक्षाकर्मीको व्यवस्था गरिओस ।’ उक्त पत्रमा भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्