रावन विश्वकर्मा, बाँसगढी ।
एसओएस सामाजिक सेवा केन्द्र बाँसगढीले ६१ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा एसओएस सामाजिक सेवा केन्दले दैनिकी ज्याला मजदुरी गरी जिवन निर्वाह गर्ने ६१ परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।
विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण जिवनयापन गर्न कठिनाई सँगै अभाव भोगीरहेका अति विपन्न तथा एकल परिवारलाई खाद्यान्न उपलब्ध गराएको एसओएस सामाजिक सेवा केन्द्र बर्दियाका प्रमुख शिव कुमार चौधरीले बताए । उनका अनुसार प्रति परिवार २५ किलो चामल, ५ किलो पिठो, ५ लिटर तेल, ५ किलो दाल र ३ प्याकेट नुन उपलब्ध गराईएको थियो ।
विगत बर्ष देखि नै उनीहरुलाई एसओएस नेपालले आर्थिक साहायता उपलब्ध गराउदै आएकोमा लकडाउनका कारण रकम उपलब्ध गराउन नसकिने भएकाले खाद्यान्न उपलब्ध गराएको उनले बताए । एसओएसबाट खाद्यान्न सहयोग पाए पछि बर्दिया बाँसगढीकी विमला लामा निकै खुसी छिन् । लकडाउनका कारण काम गर्न नपाई दैनिकी चलाउन समस्या भएका बेला एसओएसले खाद्यान्न सहयोग गरेर ठुलो गुण लगाएको उनले बताईन ।
समस्यामा परेका वेला विश्व श्रमिक दिवक कै दिनमा खाद्यान्न पाए पछि श्रमिक भएको गर्भको महशुस गरिएको पनि उनले बताईन । खाद्यान्न सामाग्री उपलव्ध गराएका परिवारको नामावली तथा खाद्यान्न सामाग्री विवरण बाँसगढी नगरपालिकालाई बुझाएको समेत एसओएस सामाजिक केन्द्र बाँसगढीले जनाएको छ ।