कोहलपुर:
प्रदेश नम्बर पाँचका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आरटीपीसीआर प्रविधिबाट परिक्षण गर्दा उनीहरुमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित प्रदेश पाँचको रुपन्देहीका २५ वर्षीय पुरुष हुन् ।
उनी भारत हुँदै नेपाल आएका थिए । अर्का व्यक्ति नेपालगञ्ज बाँके निवासी ६० वर्षीय पुरुष हुन् । मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले उनीहरुको अवस्था सामान्य रहेको जानकारी दिए ।
उनको अनुसार दुवैजनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
प्रकाशित मिति : २०७७ वैशाख १९ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्