नेपालगञ्ज ।
चितवनबाट १२ दिन लगाएर बाँके आइपुगेका ६७ जना भारतीयको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ।
भारत नानपाराका उनीहरु लकडाउनको बीचमा हिडेर बाँके आइपुगेका थिए। उनीहरुलाई स्थानीय प्रशासनले हवल्दारपुरस्थित राम माविमा क्वारेन्टाइन बनाएर राखेको छ। उनीहरुको आइतबार आरडीटी जाँच गरिएको थिया ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले ती भारतीयसहित आइतबार जाँच गरिएका ६९ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएका जानकारी दिए।
प्रकाशित मिति : २०७७ वैशाख १५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्