क्वारेन्टाइनमा बसेका  ७२ जनालाई घर पुर्याइयो



बर्दिया ।
बर्दिया जिल्लामा क्वारेन्टाइनमा बसेर १५ दिन पुर्याएका ब्यक्तिहरुलाई र्यापिड टेष्ट गर्दै उनीहरुको घर घरमा पुर्याइएको छ । बर्दिया जिल्लाका बिभिन्न स्थानमा १५ दिन सम्म क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना आर.डि.टि. र्यापिड टेष्ट गरी संक्रमण पुष्टी नभएपछि उनीहरुलाई घर पुर्याइएको हो । छिमेकी देश भारत र तेस्रो मुलुकबाट आएकाहरुलाई बर्दिया जिल्लाका स्थानीय तहहरुमा रहेका विद्यालयहरुलाई क्वारेन्टाईन बनाई सुरक्षित साथ राखिएको थियो ।
जस मध्ये क्वारेन्टाईनमा बसेर १५ दिन पुरा गरेका बारबर्दियाका २७, गुलरियाका २४, ठाकुरबाबाका ४ र गेरुवाका १७ जना गरी ७२ जनालाई गरिएको र्यापिड टेष्ट सबैको नेगेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाईनबाट विदाई गरिएको हो । बारबर्दिया नगरपालिकाले क्वारेन्टाइनमा बसेर घर फर्केका सबैलाई घर गएपनि एक सातासम्म बाहिर नगएर घरमै बस्ने सफत खुवाएर घरसम्म पुर्याएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताए ।
बारबर्दिया नगरपालिकाले घर जाने तयारी गरेकाहरुलाई २ थान साबुन र हात पुछने रुमाल चिनो स्वरुप प्रदान गरी सम्मान पुर्वक क्वारेन्टाईनबाट विदाई गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए । जिल्लाका ८ स्थानिय तहमा रहेका क्वारेनटाइनमा ३ सय ९२ जना बसेका थिए । जस मध्ये ७२ जना घर गएपछि अव क्वारेन्टाईनमा बसेकाहरुको संख्या घटेर ३ सय २० पुगेको छ । उनीहरुलाई पनि क्वारेनटाईनमा बसेको १५ दिन पुगेपछि र्यापिड टेष्ट गरी घर जाने ब्यवस्थापन मिलाईने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ३० गते आइतबार