16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

इन्रुडेक बाँकेद्वारा ५१ हजार विपद् कोषमा सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २९, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) बाँके द्वारा कोहलपुर नगरपालिकाको विपद् तथा राहत व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरेको छ । शनिबार इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

कोहलपुर नगरपालिका प्रमुख रावतले चेक बुझ्दै विपद्को समयमा यहाँहरुको सहयोग निकै ठुलो ठानेको बताए । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारणले गर्दा आफ्नो देश पनि अछुतो रहेको छैनन उनले भने कोरोना संग जुध्नका लागि सबै लागि परेभने यसको निर्मुल पार्न सकिन्छ ।

अन्य संघ-संस्था, तथा व्यक्तिहरुले विपद् कोषमा जम्मा गर्ने चाहेमा कोहलपुर नगरपालिकाको कृषि विकास बैंक, कोहलपुर शाखामा रहेको विपद् व्यवस्थापन कोषको खाता नं. ०७२०५०१०००२३५३०६ मा सहयोग गर्ने सकिने व्यवस्था गरिएको उनको भनाई थियो ।

यस्तै इरुन्डेक बाँकेका अध्यक्ष रोकायले दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई थोरै भएपनि राहत होस भनेर सहयोग गरेको बताए ।

प्रकाशित मितिः शनिबार, चैत्र २९, २०७६     1:57:13 PM  |