सांसद ‘नमुना’ले सुरु गरेको रिलिफ फन्ड मार्फत बाँकेको ७ स्थानिय तहमा राहत



प्रदेश सांसद कृष्णा केसि ‘नमुना’को पहलमा स्थापन भएको ‘कोभिड १९ राहत कोष’ले बाँकेको सात स्थानिय तहमा राहत वितरण गरेको छ ।

उक्त राहत कोषले नेपालगन्ज उपमहानगरपालिका बाहेका बाँकेका सबै स्थानिय तहमा राहत वितरण गरेको हो भने नेपालगन्ज उपमहानगरपालिकालाई भने केही दिनमै राहत हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रदेश नम्बर ५ का सांसद कृष्ण केसी (नमुना) को अगुवाइमा शुरु गरिएको उक्त अभियानले ९ दिन भित्रै राहत सहयोग पठाएको हो । कोरोना भाइरस (कोभिड–१९) रिलिफ फन्ड बाँकेले स्थानिय तह मार्फत ज्याला, मजदुरी गरी खाने विपन्न वर्गलाई दैनिक उपभोग्य बस्तु पठाएको हो ।

जसमा ७ हजार किलो मन्सुली चामल, १४ सय किलो मटर दाल , ७ सय किलो नुन, ७ सय लिटर स्वस्तीक तेल, ९ सय ४५ पीस लिरिल साबुन रहेको छ ।

सांसद नमुनाले १२ चैत्र २०७६ का दिन आफ्नो सामाजिक संञ्जाल फेसबुक मार्फत उक्त राहत अभियान शुरु गर्नुभएको थियो ।

हस्तान्तरण गरिएको राहत प्याकेजमा एक स्थानिय तहलाई ८६ हजार ५ सय ३० रुपैंयाको प्याकेज तयार गरेर वितरण गरेको हो भने यसै अनुसार नेपालगंज उपमहानगरपालिकामा पनि राहत पठाइने सांसद नमुनाले बताउनुभयो ।

१३ सदस्य सर्वपक्षिय, कोष परिचालन समितिका संयोजक समेत रहनुभएका प्रदेश सभा सदस्य कृष्ण केसी नमुनाले भन्नुभयो, ‘यो एक साताको प्याकेज हो, ३५ जना सहयोगी दाताहरु यस अभियानमा जोडिनुभएको छ ।

३ हजार रुपैयाँ देखी ५१ हजार रुपैयाँ सम्म सहयोग रकम उठेको छ । सरकारको परिपत्र, निर्देशन अनुसार हामीले सही ब्यवस्थापन होस भनेर राहत (सहयोग) पठाएका छौं ।’

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २२ गते शनिबार