नेपाल सरकारले राहत प्याकेजको घोषणा कार्यान्वयनमा चुनौती : चापाँगाई



 

सरकारको निर्णय र योजनाहरु स्वागत योग्य छन् कतिपय निर्णयहरु सस्तो लोकप्रियताकालागि भनी हाल्नु हतारो हुनेछ निर्णय सकारात्मक हँुदाहुदै पनि सरोकारवालासंगको एथेस्ट परामर्श र छलफल नभएकाले वाहाहरुले सजिलै स्वीकार गर्ने स्थिति नहुन पनि सक्छ । केहि कुरा अधुरा छन् भनेर आइपनि सकेको छ ।

यस्ता कुराले कतै अपनत्व लिन समस्या पो हुने हो कि ? याहानिर कतै कमजोरी त भएन ? यसलाई सरकारले समिक्षाको विषय बनाउनु आवश्यक छ । निर्णयहरु जतिसुकै सकारात्मक भएपनि कार्यान्वयन पक्ष नै सबल बनाउन सकिएन भने पुर्ण कार्यान्वयनमा चुनौती आउने संभावना उत्तिकै देखिन्छ । जस्तैः (घर भाडा र मासिक शैक्षिक शुल्क मिनाहा) तथापि हरेक असहमतिका विचबाट सहमति गरेर अगाडि बढ्नुको विकल्प पनि छैन ।

देश कमिसन र लुटतन्त्रबाट यो वा त्यो बहानामा गुज्रेको कुरा विगत ७० वर्षको इतिहास जनताले पढ्दै, देख्दै र सुन्दै आएका हौ र छौ पनि तर एक तन्त्रीय जहानिया राणासाशन देखी संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा समेत व्यवस्था फेरिए पनि संस्थागत आडमा मनोगत लुट मनोवृत्तिको संस्कार परिवर्तन हुन सकेन जस्ले गर्दा नेपालको सन्दर्भमा हरेक सरकार मात्र नभई व्यवस्था समेत असफल हुदै गइरहेको इतिहास साक्षी छ ।

कतै यो संघीयता सहितको गणतन्त्र पनि त्यसैको शिकार त बन्ने हैन चिन्ताको विषय बनिरहेकाले पनि हिजका हजारौं गल्ती सच्याउने मौकाको रूपमा आजको यो विश्व महामारीको रुपमा विकास भएको अयखष्म(ज्ञढ ले जन्माएको स्वास्थ्य संकट को दुःखद र त्रासदी पुर्ण घडीमा कार्यकारी निकायले आफ्नो सबल र सक्षम नेतृत्व प्रदान गर्दै विश्वलाई नै हामी नेपाली नेपाली विचको एकता अनि भाईचारा सम्बन्धको चमत्कारिता देखाउदै माओ, लेनिन, ऐङगेल्स, प्लेटो जन्मे जस्तै युग परिवर्तनका निम्ति युगान्तकारी अब्बल नेतृत्वको उदय हुन सक्ने सुनौलो अबसरको रूपमा ग्रहण गर्दै यो संकट व्यवस्थापन र नियन्त्रण लाई अवसरको रूपमा ग्रहण गर्न आ(आफ्नो ठाउँ बाट लागीपर्न सम्पुर्ण राजनैतिक दल, सामाजिक अभियन्ता र परोपकारी नेतृत्वदायी संस्थाहरुलाई आग्रह गर्दछु ।

रामप्रसाद चापाँगाई

अध्यक्ष 

नेपाल शिक्षक महासंघका कोहलपुर नगरपालिका नगर समिति ,बाँके

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १८ गते मंगलबार