कोहलपुर/ बाँकेको कोहलपुरमा माइक्रो बसले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । मदनचोकदेखि तीव्र गतिमा आइरहेको भे१ख २१२९ नम्बरको माइक्रो बसले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेट नजिकै ठक्कर दिँदा अटो चालक बैजनाथ गाउँपालिका–२ मकैबारीका जय बहादुर रोकाको ज्यान गएको हो ।
भे१ह १६५३नम्बरको अटोमा सवार अन्तय तीन जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइते मध्ये बैजनाथ गाउँपालिका–१ चिसापानीका सुजन शाही, जुम्लाको तिला गाउँपालिका ५ का मदन शाही र परिचय नखुलाका अर्का एक जना गम्भिर रहेको प्रहरीले जनाएको छ ।
उता बसमा सवार यात्रुहरु सामान्य घाइते भएका छन् ।
प्रकाशित मिति : २०७६ फागुन २९ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्