अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थीद्वारा फागुन १४ गते शैक्षिक बन्दको आव्हान



कोहलपुर ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले फागुन १४ गते शैक्षिक क्षेत्र बन्दको गर्ने आव्हान गरेको छ । बाँके जिल्लामा रहेका सामुदायिक, संस्थागत विद्यालय, प्राविधिक शिक्षण संस्था र कलेजहरु बन्द गर्ने आव्हान गरेको छ ।

सङठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल र केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा लागायत विभिन्न जिल्लाहरुमा हाम्रो सङ्गठनका विद्यार्थी नेताहरुलाई गिरफ्तार गरी झुठो मुद्दा लगाएर हिरासतमा राखिएकोले बाँकेका शैक्षिक क्षेत्रहरु बन्दको आव्हान गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेका अध्यक्ष डिबी शाहीले हस्ताक्षर गरेको विज्ञेप्तीमा लेखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन १३ गते मंगलबार