सम्पादकीय : कोरोनाबारे सचेतना आवश्यक



चीन एउटा नयाँ र ठुला चुनौतीको सामना गरिरहेको छ । यो चुनौतीको नाम कोरोना भाइरस हो । कोरोना भाइरस चीनको सीमाहरुबाट निस्किएर संसारका अन्य भागहरुमा पनि आफ्नो असर देखा परिसकेको छ । चीनको वुहान शहरबाट उत्पन्न भएको कोरोना भाइरस अन्य देशहरु थाईल्यान्ड, भियतनाम, ताइवान, दक्षिण कोरिया, सिंगापुर, जापान, अमेरिका, अस्ट्रेलिया, फ्रान्स र हाम्रो देश नेपालमा पनि देखिएको छ । ब्रिटेन र क्यानडा सहित २४ वटा देशहरुमा समेत यस भाइरसंग मिल्दाजुल्दा केही केशहरु देखा परेका छन् । तथ्यांकअनुसार चीनमा मात्र ३६१ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् । त्यस्तै, आइतबार फिलिपिन्समा पनि एक पुरुषको ज्यान गएको थियो । अहिले चीनमा मात्र भाइरस संक्रमितको संख्या १७,२३८ पुगेको छ । अन्य मुलुकमा १४८ जनामा संक्रमण देखिएको पुष्टि भएको छ । चीनमा ४८० जना उपचारबाट निको भएका छन् । यी केशहरु कोरोना भाइरसको हो कि होइन भन्ने कुरा पत्ता लगाइँदैछ ।चीनबाट उडान भरेर संसारका विभिन्न देशहरुमा जाने यात्रुहरुको वैज्ञानिक तरीकाले जाँच गरिँदैछ । कोरोना भाइरसका कारण हिजोआज अन्य देशका मानिसहरु चीनको यात्रा गर्दैनन् । यही भाइरसका कारण अहिले सम्म तीन सय पाँच जनाको मृत्यु भइसकेको छ भने सात हजार जना भन्दा बढी संक्रमित भएका छन् । आइतबार मात्रै चिन बाहिर एक जना चिनियाको मृत्यु भएको थियो ।

चिनले अहिले विश्व समुदायमा सहयोगको लागि अपिल गरेको छ ।उत्तरी छिमेकीमा भइरहेको संक्रमणको उच्च जोखिममा नेपाल समेत रहेको समाचार बाहिरिएका छन् । चिकित्सकले उक्त भाइरस नेपाल प्रवेश गरेकामा नेपालले धान्न नसक्ने बताएका हुन् । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले सम्पुर्णलाई अपिल गरेको छ । कोरोना भाइरस तिव्रताका साथ अन्य देशहरुमा पनि फैलँदैछ ।यसको संक्रमणको कारणले निमोनिया भएको जस्तो भम्र हुन्छ । यही कारण शुरुवातमा चीनका स्वास्थ्यकर्मीे कोरोना भाइरसको संक्रमणलाई सामान्य निमोनिया सम्झेका थिए । धेरै नेपाली विद्यार्थी अध्ययनको शिलशिलामा चिनमा छन् । उनीहरुलाई चिनबाट नेपाल ल्याउनको लागि पहल भइरहेको सरकारले जनाएको छ । भने विश्व भरीनै गम्भीर समस्याका रुपमा देखा परेको यो भाइरसको संक्रमण क मगर्न नेपाले ठूलो परिणाममा माक्स पठाएको छ । नेपालले यस बारे उच्च सतर्कता अपनाइरहेको । विशेषगरी सिमानाकामा यस बारे कडाई गरिएको छ । । जिल्लाहरुमा कोरोना बारे समेचनामुलक कार्यक्रम समेत भइरहेका छन् ।

यस्तै यहाँका बाँके र बर्दियामा समेत कोरोना बारेमा सचेतना फैलउने अभियान नै सञ्चालन गरिएको छ । नेपाल भारत सिमा रुपैडियामा स्वास्थ्यकर्मी सहित चेकजाँच सुरु भएको छ । भारतबाट नेपाल प्रवेशहरुलाई चेकजाँच गरिनेछ । कोरोना भाइरसको लक्षणहरु समेत देखा पर्छन् । कोरोना भाइसर अति नै सामान्य हुुन्छ । यसको शुरुवाती लक्षणहरु सजिलै थाहा पाउन सकिन्छ । सास फेर्न गाह्रो हुनु, रुघाखोकी र नाकबाट पानी बगिरहनु । कोरोना भाइरसबाट संक्रमण हुँदा यसको शुरुवात ज्वारोबाट हुन्छ । त्यसपछि सुख्खा खोकि लाग्न थाल्छ । हप्ता दिनसम्म त्यस्तो समस्या रहनाले सास फेर्न गाह्रो हुने समस्या उत्पन्न हुन्छ । यसबारे विश्व मै व्यापक जनचेतना फैलाउनु पर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २१ गते मंगलबार