ब्राउनसुगरसहित पक्राउ



नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले लागुऔषध ब्राउनसुगरसहित बाँके राप्ती सोनारी गाउँपालिकाका रुद्र शाहलाई नियन्त्रणमा लिएको हो ।

नेपाल–भारतसीमामा नियमित चेकजाँच गर्ने क्रममा शनिबार दिउँसो साढे दुई बजे राप्ती सोनारी वडा नम्बर ९, बस्ने २५ वर्षीय शाहले बायाँ खुट्टाको जुत्ताभित्र लुकाई छिपाई ल्याएको ९ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । पक्राउ परेका शाहलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २७ गते आइतबार